Dabali News

ठूला नदीहरुमा पानीको बहाव बढ्दै, सचेत हुन आग्रह

२८ जेष्ठ

काठमाडौं । ठूला नदीमा पानीको बहावले सतर्कतातह नाघ्ने भएकाले सचेत हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

भारतीय पक्षले कोसी ब्यारेजको २८ नं. ढोका सामुन्नेबाट पाइलट च्यानल खनी नदीलाई पश्चिमतर्फ धकेलेपछि वर्षाैंदेखि मर्मत अभावमा जीर्ण रहेको पश्चिमी तटबन्ध र स्परमाथि खतरा बढेको छ  ।

विभागको बाढी पूर्वानुमान शाखाले सोमबार बाढी बुलेटिन निकालेर ठूला नदीमा बाढीको जोखिम नभए पनि स-साना नदीहरुमा पानी परिरहेको बखत सचेतना अपनाउन ध्यानाकर्षण गराएको हो ।

बुलेटिनमा भनिएको छ -‘कन्काई, कोशी, कमला, बागमती र नारायणी नदीमा सोमबारदेखि बुधबारसम्म पानीको सतह एक मिटर बढ्ने छ ।’ शुक्रबार पूर्वी नेपालबाट मनसुन सुरु भएसँगै बाढी पूर्वानुमान शाखाले देशभरका नदीमा सम्भावित बाढीको प्रक्षेपण सुरु गरेको छ ।

सोमबारदेखि बुधबारसम्म मध्यभागका धेरै जसो स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने सम्भावना छ । कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीमा पानीको बहाव बढ्ने आंकलन गरिएको छ । मंगलबार पनि ती नदीमा पानीको मात्रा बढ्ने छ । यो वर्ष निर्धारित मितिभन्दा २ दिन आगडी मनसुन सुरु भएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]