Dabali News

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकालसहित ३ जना नेता गिरफ्तार

२७ जेठ

काठमाडौं । अखिल नेकपा राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का अध्यक्ष
चिरञ्जीवि ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ । ढकालसहित काेषाध्य नरेन्द्र विक र केन्द्रीय सदस्य प्रकाशलाई पनि गिरफ्तार गरेको छ ।

ढकाललगायतलाई काठमाडौंको जोरपाटी नजिक अपा‌ंगबाट एक कार्यक्रममा जाँदै गर्दा बाटोमा हिंडिरहेका बेला गिरफ्तार गरिएको हो । उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त बौद्धमा लगिएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

शैक्षिक क्षेत्र विकृति र विसंगति तथा नीजि विद्यालयहरुले लिइरहेको चर्को शुल्क विरुद्ध अखिल (क्रान्तिकारी) लगायत ८ विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहेको बेला अध्यक्षसहित विद्यार्थी नेताहरुलाई गिरफ्तार गरिएको हो ।

गिरफ्तारबारे विस्कृति विवरण आउँन बाँकी छ । अपहरण शैलीमा सादा पोशाकका प्रहरी टोलीले गिरफ्तार गरिएको स्रोतले बताएको छ ।

हिजो आइतबार मात्र कमलादीस्थित प्रज्ञाभवनमा आठ वटा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया सम्पन्न गरेको थियो । ढकालले कार्यक्रम संचालन गरेका थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]