Dabali News

ब्राजिल यस पटकको फिफा विश्वकपको दाबेदार

२८ जेष्ठ

काठमाडौं । विभिन्न मुलुकका खेलाडीहरु फिफा विश्वकपका लागि रुस पुग्दै छन् ।

विश्वका फुटबल प्रेमीहरु यस पटक विश्वकप कसले जित्ला भनेर लेखाजोखा गर्न थालिसकेका छन् भने कयौंले आफ्नो रोजाईको टिमप्रति समर्थन जनाउन थालेका छन् ।

विश्वकप फुटबलमा केही यस्ता कीर्तिमान छन् जो यस पटक तोडिन सक्ने आनुमान छ । संयोग त्यस्तै परेमा कीर्तिमान तोडिन पनि सक्छ ।

विश्वकप फुटबलमा सबैभन्दा बढी उमेरमा खेल्ने खेलाडीका रुपमा कोलम्बियाका फरीद मोन्द्रागनको नाममा कीर्तिमान छ । उनले ४३ वर्ष ४ दिनको उमेरमा जापानविरुद्ध विश्वकप खेलेका थिए ।

यो कीर्तिमान यस पटक तोडिन सक्छ । किनकि इजिप्टका गोलकिपर एसम अल हैदरीको उमेर ४५ वर्षभन्दा माथि छ । उनी मैदानमा उत्रिना साथ सर्वाधिक उमेरमा विश्वकप खेल्ने खेलाडीका रुपमा आफ्नो नाममा कीर्तिमान बनाउने छन् ।

उनी मैदानमा उत्रिन पाएनन् वा टिमको पहिलो रोजाईको गोलकिपरमा उनी परेनन् भने यो कीर्तिमानबाट वञ्चित भने हुने छन् ।

लामो अन्तरालमा विश्वकप जित्ने कीर्तिमान इटालीको छ । यस वर्ष विश्वकपमा इटाली छैन । उसले पहिलो पटक सन् १९३८ मा विश्वकप जितेको थियो भने ४४ वर्षपछि दोस्रो पटक विश्वविजेता बनेको थियो । यस पटक उरुग्वे वा इंग्ल्याण्डले विश्वकप जितेमा इटालीको सो कीर्तिमान तोडिने छ । उरुग्वेले सन् १९५० यता विश्वकप जित्न सकेको छैन । इंग्ल्याण्डले सन् १९६६ यता विश्वकप जित्न सकेको छैन ।

विश्वकपमा सबैभन्दा धेरै पटक चौथो स्थानमा रहने राष्ट्रका रुपमा उरुग्वेले कीर्तिमान बनाएको छ । उरुग्वे ३ पटक विश्वकपमा चौथो स्थानमा रहेको छ । सन् १९५४, १९७० र २०१० मा उरुग्वे चौथो स्थानमा रह्यो ।

५ पटक विश्वकप जितेको ब्राजिल २ पटक चौथो स्थानमा रहेको छ । ब्राजिल सन् १९७४ र २०१४ मा चौथो स्थानमा रह्यो । यस पटक ब्राजिल चौथो स्थानमा सीमित भएमा उसले उरुग्वेसँग चौथो स्थानका लागि बराबरी गर्ने छ ।

लगातार २ पटक चौथो स्थानमा रहेको कीर्तिमान कायम गर्ने छ । ब्राजिललाई यस पटक विश्वकपको दाबेदारका रुपमा हेरिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]