Dabali News

विश्वकपको रौनकः ब्राजिलसँग अष्ट्रियाले तीन गोल खायो

२८ जेठ

काठमाडौं । विश्वकप फुटबलको मैत्रीपूर्ण खेलको अन्तिम खेल ब्राजिलले जितेको छ । जुन १४ बाट रुसमा हुन गइरहेको विश्वकप फुटबल अघिको अन्तिम अभ्यास खेलमा ब्राजिलसँग अष्ट्रियाले नराम्रो हार खाएको छ ।

समाचार एजेन्सीहरुका अनुसार अष्ट्रियाको भिएनामा गएराति भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई ३–० ले हराएको हो ।
खेलमा ब्राजिललाई विजयी गराउन ग्याब्रिएल जिसस, नेईमार र फिलिप कौटिन्होले एक एक गोल गरे ।

जितसँगै ब्राजिलले शानदार लयका साथ विश्वकप अघिका मैत्रिपूर्ण अभ्यास खेलहरु सकाएको छ ।

सन् २०१७ को जुन यता अपराजित रहेको ब्राजिलले लगातार १० खेलको अपराजित श्रृंखला कायम गरेको छ । सन् २०१६ मा टेटेले पशिक्षण समालेयता ब्राजिलले खेलेका २१ खेलमध्ये १६ वटामा गोल खाएको छैन ।

रुसमा यही बिहीवार सुरु हुने विश्वकप फुटबलमा ब्राजिल समुह ई मा कोष्टा रिका, सर्विया र स्विट्जरल्यान्डसँगै रहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]