Dabali News

ठेकेदारले काम नगर्दा सांसद असुरक्षित भन्दै संसदमा कुरा उठ्यो

२७ जेष्ठ

काठमाडौ । सडक निर्माण गर्न ठेक्का लिएका ठेकेदारले काम नगर्दा जनताले जनप्रतिनिधिलाई श्रद्धाञ्जली दिन थालेका भन्दै सांसदले संसद्मा कुरा उठाएका छन् ।

नुवाकोटका सांसद हितबहादुर तामाङले संसद्मा विशेष समयमा बोल्दै काठमाडौंबाट नुवाकोट, रसुवा जाने सडकमा ठेकेदारले काम नगर्दा सर्वसाधरणले सामाजिक सञ्जालमा जनप्रतिनिधिलाई श्रद्धाञ्जली लेख्न थालेको बताएका हुन् ।

उनले भने, ‘टोखादेखि गुर्जेभञ्ज्याङ खण्डमा ठेकेदारले काम नगर्दा समस्या देखिएको छ । पानी परर््यो भने बाटो अवरुद्ध हुन्छ, निर्वाचित जनप्रतिनिधिको सामाजिक सञ्जालमा फोटो राखेर आरआईपी लेख्न थालिसक्यो । जनताले असुविधा भोग्नु परेकाले हाम्रो पनि असुरक्षा बढ्यो ।’

भक्तपुरका सांसद प्रेम सुवालले कलंकी-नागढुङ्गा र कमलविनायक-नगरकोट सडक खण्डको ठेक्का लिने सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीलाई कारबाही गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बचाउ गरेको भन्दै प्रश्न उठाए ।

ओखलढुङ्गाका सांसद यज्ञ सुनुवारले बीपी राजमार्गमा ठूला सवारी सञ्चालन गर्न सर्वोच्च अदालतले दिएको आदेशको विरोध गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गमा ठूला सवारी सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

सर्वोच्चको निर्णयले खोटाङ, ओखरलढुङगा, सोलुखुम्बु, रामेछाप, सिन्धुली र दोलखाका जनताले सास्ती भोग्नु परेको उनले बताए । सर्वोच्चको आदेशले दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थ बोकेको सवारी सिन्धुली र महोत्तरी सीमामा थन्किएकोे बताए ।

यसले एकातिर दैनिक उपभोग्य वस्तुको अभाव खड्किएको छ । सरकारको आदेश असार मसान्तसम्म भूकम्प पीडितले दोस्रो किस्ताको लागि भवन प्रक्रिया अघि बढाइसक्नु पर्ने भनिएको छ । कुन सडकमा कुन गाडी गुडाउन मिल्छ ? भन्ने कुराको अनुगमन र नियमन गर्ने निकाय कार्यपालिका हो जस्तो मलाई लाग्छ -उनले भने ।

सडक व्यापारिक केन्द्रमा राखिएको सो पिस नभई गाडी गुडाउन बनाएको बताए । ठूला गाडी रोकिँदा यस भेगका जनता आन्तरिक नाकाबन्दीमा परेको पनि बताए ।

हुम्लाकी सांसद रंगमति शाहीले कर्णालीमा सहज र सस्तोमा हवाई जहाजको व्यवस्था गरिदिन सरकारसँग बारम्बार माग गर्दा पनि सुनुवाई नभएको बताएकी छिन् । ‘कर्णालीको समस्या समाधान गर्न ज्ञापनपत्र बुझाउँदा पनि सुनुवाई हुन सकेन,’ उनले भनिन्, ‘हामी कर्णालीको सांसद यहाँ एड्भटाइज हुन आएका हैनौं । जनताको समस्या समाधान गर्न आएका हौं ।’

कर्णालीका जनताको हवाइजहाज चढ्ने रहर नभई बाध्यता भएको उनले बताइन् । भाडा वृद्धिको निर्णय फिर्ता नभए आन्दोलनमा उत्रने पनि बताइन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]