Dabali News

बसपार्कले जग्गा पायो, अब बसपार्क निर्माण गर्ने

२७ जेष्ठ

उदयपुर । चौदण्डी गढी नगरपालिका बेल्टार बजारमा बसपार्कको जग्गा नहुँदा सञ्चालन हुने सवारी साधन अस्तव्यस्त रहेको थियो ।

आवतजावत गर्न औपचारिकरुपमा यातायातका साधन सञ्चालन भए पनि स्थायी बसपार्क नहुँदा बजारको जग्गामा नै अस्थायी बसपार्क सञ्चालन गर्नु परेको थियो ।

अहिले केही स्थानीयवासीले बसपार्कको नाममा जग्गा प्रदान गर्ने र नामसारीसमेत गरिदिने भएपछि स्थायी बसपार्क बन्ने चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताए ।

शहरी डिभिजन कार्यालयले गतवर्ष नै बेल्टार बजारमा बसपार्क निर्माणका लागि नगरपालिका सहित मिलेर ४० लाख विनियोजन गरेको र यस वर्ष पनि २० लाख विनियोजन गरेकोमा जग्गा नभएका कारण बसपार्क निर्माण हुन नसकेको थिएन ।

“विगतदेखि नै बसपार्क निर्माण गर्ने लक्ष्य भए पनि स्थायी जग्गा नहुँदा योजना असफल भएको थियो तर यस पटक जग्गादाता भेटिएका कारण अब बसपार्क निर्माण हुन्छ ।” – भने ।

विसं २०५४ मा नै बसपार्कका लागि तत्कालीन बेल्टार गाउँपालिका-६ का काशीनाथ र जनकप्रसाद सेँढाईले ७ कट्ठा जग्गा बसपार्कलाई प्रदान गर्ने विषयमा सहमति भए पनि कार्यान्वयन भएको थिएन । अहिले सहमति भएकाले र नगरपालिकाले उनीहरुलाई सम्मान गर्ने र बसपार्कको नाममा आएको जग्गामा बसपार्क निर्माण गर्ने तयारी भइरहेको नगरपालिकाका पदाधिकारीले बताए ।

स्थायी बसपार्क निर्माणपछि सुनसरी, चतरा, गाईघाट, सिन्धुली हुँदै हेटौँडा भएर राजधानी काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गमा पूर्वी क्षेत्रबाट सञ्चालन हुने यातायातका साधनलाई समेत पार्किङ गर्न सहज हुने यातायात व्यवसायी केशव मगरले बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]