Dabali News

मन्त्रिपरिषद बैठकद्वारा प्रहरीमा ३ र सशस्त्रमा २ जना एआईजीको निर्णय

२७ जेष्ठ

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको एआईजीको दरबन्दी कटौती गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार ताथ सूचना प्रविधि मन्त्री गोकुल वाँस्कोटाका अनुसार अब नेपाल प्रहरीमा ३ जना मात्रै एआईजी रहने र सशस्त्रमा २ जना रहने छन् । संघीय प्रहरी ऐनको मस्यौदा निर्माण गरिरहेको गृह मन्त्रालयले नेपाल प्रहरीमा ५ एआईजी राख्ने प्रस्ताव गरे पनि बैठकले एआईजीको संख्या घटाएको हो ।

गृह मन्त्रालयले सशस्त्रमा ३ जना एआईजीको प्रस्ताव गरे पनि मन्त्रिपरिषद बैठकले त्यसको संख्यालाई घटाउँदै २ मा झारेको हो । नेपालको संघीय संरचनाअनुसार नेपाल प्रहरीमा आवश्यक दरबन्दी परिपूर्ति गर्ने निर्णयसमेत मन्त्रिपरिषद बैठकले गरेको छ ।

आज (आइतबार) को मन्त्रिपरिषद बैठकले ३ हजार १ सय १ दरबन्दी थप गरेको छ । थप गर्न लागिएको दरबन्दीमा १ एसएसपी (प्राविधिक), १४ एसपी, १२ डिएसपी तथा ५० इन्सपेक्टर पद रहेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]