Dabali News

  • Ad

सहमति जुटाउन कार्यदलको बैठक सिंहदरबारमा जारी

आज पनि सहमति जुट्नेमा आशंका

३ माघ

काठमाडौं ।

नयाँ संविधानमा देखिएका विवादित विषयमा सहमति जुटाउन तीन दल–मोर्चा सम्मिलित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा मधेसी मोर्चाले राखेका ११ बुँदे मागबारे छलफल हुने बताएका छन् ।

शनिबार प्रमुख तीन दलका शीर्ष नेताको बैठकले मधेसी मोर्चाले सारेको माग सम्बोधन गर्न राजनीतिक संयन्त्र गठन गर्ने र त्यसलाई वैधानिकता दिन संयन्त्रलाई संसदबाट अनुमोदन गराउने निर्णय गरेको थियो ।

तीन दलले मंगलबारअगाडि नै मधेसी मोर्चासँग सहमति गरी उनीहरुको सहमतिमा संविधान संशोधन विधेयक पारित गराउने निर्णय गरेका थिए । मुख्य ती दलको तर्फबाट मधेसी मोर्चाको माग सम्बोधन गर्न राजनीतिक संयन्त्र गठन गर्ने र सो संयन्त्रले तीन महिनाभित्र सीमांकनलगायतका विवादित विषयमा सहमति जुटाउन प्रस्ताव मोर्चासमक्ष पेश गरिसकेको छ ।

मोचाले संयन्त्र गठनप्रति सकारात्मक भएपनि संयन्त्रको कार्यक्षेत्र र वैधानिकताका विषयमा प्रश्न उठाएको छ । संयन्त्रप्रति मोर्चाले प्रश्न उठाएपछि तीन दलले संयन्त्रलाई संसदमार्फत अनुमोदन गराउने निर्णय गरेका थिए ।

मधेसी मोर्चाले गठन हुने संयन्त्रलाई यसअघि गठन गरिएको राज्यपुर्नसंरचना आयोगकै जति अधिकार दिनुपर्ने र पहिचानका पाँच र सामथ्र्यका चार आधारमा मधेसमा दुई प्रदेश मात्र बनाउनु पर्ने अडान राख्दै आएका छन् । जारी बैठकमा सद्भावना प्रतिनिधि पनि सहभागी छन् ।

यसैबीच संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भने संविधानलाई पुनर्लेखन गर्नुपर्ने पक्षमा उभिएका छन् । यसबाट आजको वार्ता निस्कर्षहीन हुने अनुमान पनि उत्तिकै गरिएको छ ।

अमेरिकामा फेरि अर्काे गोली काण्ड, पाँचको मृत्यु

America gun

काठमाडाैँ । पटकपटक गाेली काण्ड हुँने गरेकाे संयुक्त राज्य अमेरिकामा फेरि अर्काे गोली काण्ड भएको छ । हतियार राख्न पाउँन अधिकारकाे दुरुपयाेग गर्दै पटकपटक यस्ता घटना हुँदै अाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पेन्सिलभानियाको एक निजी निवासमा अज्ञात व्यक्तिले बुधबार राति अबेरतिर...

सिन्धुपाल्चोकका भूकम्पपीडितलाई निःशूल्क स्वास्थ्य शिविर

ललितपुर । लायन्स क्लव अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए २ अन्र्तगतका क्लवहरु र ललितपुरस्थित अल्का अस्पतालको संयुक्त आयोजनामा ५ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भूकम्पबाट सवैभन्दा बढी प्रभावित दलित समुदायको बाहुल्यता रहेको जिल्ला सिन्धुपाल्चोकको ठूलो सिरुवारीका प्रभावित मध्ये ३...

६६ लाख मूल्य बराबरको दमकल डेढ वर्षदेखि थन्कियो ।

भक्तपुर । स्थानीय विकास मन्त्रालय र मध्यपुरथिमि नगरपालिकाको संयुक्त लगानीमा ६६ लाख मूल्य तिरेर किनेको दमकल डेढ वर्षदेखि थन्किएको छ । स्थानीय विकास मन्त्रालयले दमकल सञ्चालन गर्न कर्मचारीको दरबन्दी नपठाएको भन्दै नगरपालिकाले ल्याएको उक्त दमकल कोरिया–नेपाल मैत्री अस्पतालको आगनमा थन्क्याएर राखिएको छ...