Dabali News

लालबन्दी गोल्डकपमा एपीएफ र हेटौंडा भिड्दै

२७ जेष्ठ

काठमाडौं । प्रदेश नं.२ को सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता आज (आइतबार) सशस्त्र प्रहरीको एपीएफ क्लब र विजय युथ क्लब हेटौंडा भिड्दै छन् ।

लालबन्दी खेल मैदानमा दिउँसो ४ बजेदेखि हुने खेलका लागि दुवै टिम आइसकेको आयोजक समितिका सरोजबाबु न्यौपानेले जानकारी दिए । खेलमा विजयी हुने टिम सेमिफाइनल प्रवेश गर्ने छ ।

भारतको सिक्किम युनाइटेडलाई पराजित गरिसकेको एपिएफ र बाइ पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेको हेटौंडाबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्ने छन् ।

उपाधी भिडन्तमा नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, गोर्खा ब्वाईज रुपन्देही, झापा-११, कास्की-११ लगायतका टिमको खेल बाँकी छ भने सर्लाही -११, जावलाखेल र भारतको सिक्किम युनाइटेड प्रतियोगिताबाट बाहिरिसकेका छन् । फाइनल खेल असार २ गते हुने बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]