Dabali News

नेकपाद्वारा साउदीमा अलपत्र परेका नेपाली युवाहरुको उद्दार, विप्लवलाई दिए धन्यवाद

२६ जेठ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा पुगेर अलपत्र परेको नेपाली युवाहरुको उद्दार गरेको छ ।
साउदीस्थित नेकपाको प्रवास संगठन जनप्रगतिशील मोर्चाको पहलमा लामा समयदेखि अलपत्र परेका बिमल पाण्डे, सन्जय भण्डारी, जसबहादुर राना, खेम बहादुर थापा,मगराज केसी, देवराज राउत, छबिलाल बिकको उद्दार गरिएको हो ।

मोर्चाका अध्यक्ष भानु प्रदेशीसहित अन्य पदाधिकारी तथा सदस्यहरुले उनीहरुको उद्दारको लागि रात दिन खटिएका थिए ।

उद्दारपछि युवाहरुले आफूहरुलाई दलालहरुले फसाउँदा दुःख पाएको बताएका थिए । लामो समयदेखि गुहार गरेपनि कसैले पनि आफ्ना कुरा नसुनेको तर मोर्चाले उद्दार गरेको खेमबहादुर थापाले बताए ।

विप्लव नेतृत्वको नेकपाले अन्यायमा परेकाहरुलाई सहयोग गर्दै आएको आफूहरुले सुनेको तर अहिले आफूले नै न्याय पाएको महशुस गरेको उद्दारपछि उनीहरुले बताए । उद्दार भएपछि ठूलो बाच्ने आशा पलाएको बताउँदै छविलाल विकले विप्लवलाई धन्यवाद समेत दिए । उनले आफूहरुजस्तै धेरै नेपाली युवा–युवती विदेशी भूमिमा अलपत्र परेको बताउँदै सबैको उद्दार गर्न मोर्चालाई आग्रह समेत गरे ।

उद्दार गरिएको सबै युवाहरुलाई नेपाल पठाउने तयारी मोर्चाले गरिरहेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]