Dabali News

कविताः खोर

खोर,
मलाई प्यारो लाग्छ
उसलाई जस्तै लाग्छ
मेरो देश !
खोरझैँ लाग्छ
हिमालमाथी उडिरहेका
श्यामका केशहरू
झ्याम्म फैलिएर
बाटो रोक्छन् ।
पढ्दा-पढ्दै
आफ्ना इच्छित कुरा
राख्न नपाउँदै
जुठा गिलाँसझैँ उठाएर
हामीलाई भ्यानमा कोच्छ
निर्दयी केटो ।
आजकल हामीलाई
खुल्ला आकाशभन्दा
प्यारो छ, खोर !
विचारका मुखहरूमा
भोटे ताल्चा लगाईँदै छ
स्वतन्त्रताका नाममा
लोकतन्त्रमा मुख खोल्नु
ठूलो अपराध हो ?
जनगायकहरू
सुरिला र सुमधुर स्वरहरूले
हाम्रा कानहरू नखोल
तिम्रा बाजाका धुनहरू हामीले सुन्नु हुन्न
यो ! लोकतन्त्र हो !
अचम्म लाग्छ !
हामी लोकसाहित्यका
चर्चा गरिरहेथ्यौँ
चर्चा गर्नु अपराध थियो
अपरिचित केटाले
हाम्लाई औँल्याएर
बाहिर हिँड भन्यो
हामीले चिया कुरिरहेछौँ
जङ्गेर भन्यो
जुरुक्क उठ , हामी टुवाँ
हामी लिन आको,
खुरुक्क हिँड !
नचाहिँदो अभिप्राय राखेर
उनीहरू गौँडाहरू कुरिरहेकारहेछन्
मनमा ढयाङ्गो ठोकियो
तरुलताका निम्ति
किनेको औषधी देखाउँदा पनि छोड्दैन गाँठे
हेर्नुहोस् न आजभोलि
हाम्रा कुरा सुनाउन पाइरहेका छैनौं
कस्तो कस्तो लाग्दै छ
गणतन्त्र,
मन अकस्मात पग्लिन्छ
बागबजारको संघारमा
हाम्रो कार्यक्रम
शुरुदेखि, अन्त्यसँग
तलमाथि तलमाथि गरिरहेथ्यो
अध्यक्ष, तर्से तर्सेझैँ
लागेकै हो ?
खोरका क्षितिजहरूले
हामीलाई पक्रिसकेका रहेछन्
हामी झस्कियौँ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]