Dabali News

डा. देवकोटाको अन्तिम धोको पूरा गर्न यसरी लगियो जन्मघर, पिँढीमा पुग्दा मुहार हँसिलो (भिडियो)

२६ जेठ

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाले अाफू जन्मेको र हुर्केको घरमा जाने अन्तिम चाहना भएको बताएपछि शनिबार गोरखा पुर्‍याइएको छ । बाँसबारीस्थित अाफ्नै अस्पतालबाट हेलिकोप्टरबाट जन्मथलो पुर्‍याएर देवकोटालाई अाजै फिर्ता गरिएको छ ।

गोरखास्थित पुर्ख्यौली घर पुगेर डा. देवकोटाले परिवारका सदस्यहरुसँगै पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने अन्तिम इच्छा व्यक्त गरेका थिए । सोही इच्छाअनुसार देवकोटालाई चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमा बोहारा गाउँमा लगेका थिए ।

डा. देवकोटा अाउने खबर पाएपछि आफन्त तथा शुभचिन्तकहरुको भिड लागेको थियो । देवकोटालाई घरमा लगेर पिँढीमा राखियो र सिस्ने धाराको पानी ल्याएर खुवाइएको थियो ।

डा. देवकोटा होसमै भएपनि अाफन्तसँग दोहोरो कुरा भने हुन सकेन । सबैका अनुहार हेरेर कतिखेर मुहार हँसिलो त कतिखेर मलिन लगाइरहे मात्र ।

डा.उपेन्द्र देवकोटाको अन्तिम धोको पूरा गर्न यसरी पुर्ख्यौली घर लगियो

डा.उपेन्द्र देवकोटाको अन्तिम धोको पूरा गर्न यसरी पुर्ख्यौली घर लगियो

Posted by Online Dabali on Saturday, June 9, 2018

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]