Dabali News

१९ जनाको ज्यान जोगिएको दुर्घटनामा क्षतिग्रस्त तारा एयरको विमान (तस्बिरमा हेर्नुस्)

२६ जेठ

जुम्ला । आज दिउँसो सवा २ बजे नेपालगन्जबाट १६ जना यात्रु बोकेर जुम्ला पुगेको निजी विमान कम्पनी तारा एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा जुम्ला विमानस्थलमा दुर्घटना भएको छ । जहाजमा ठूलो क्षति पुगेको तारा एयरले जनाएको छ ।

दुर्घटनाबाट १६ जना यात्रुसहित एक एयरहोस्टेज, एक कोपाइलट र पाइलट सबै जनाको ज्यान जोगिएको छ । अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर कुनापट्टि घाँसे मैदान कटेर फलामको तारबारमा गएर ठोक्किएको थियो ।

अगाडिको पाङ्ग्रा (टायर) पञ्चर भएका कारण विमान अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जुम्ला प्रहरीले जनाएको छ । दुर्घटनापछि पनि जहाजमा आगलागी नभएकाले मानवीय क्षति हुन नपाएको विमानस्थलका सुरक्षा कार्यालयले जनाएको छ ।

दुर्घटना भएको केही मिनेटमै उद्धार टोली पुगेको थियो । जहाजको अगाडिको भाग बारमा ठोक्किएर ध्वस्त भएको भने पछिल्लो भागको बायाँपट्टिको टायर धावनमार्गको नालीमा फसेको छ । साथै बायाँपट्टिकै पखेटामा क्षति पुगेको छ ।

ताराको नाइनएन–एईभी विमान दुर्घटना भएको हो । पछिल्लो समयमा नीजि क्षेत्रका विमान दुर्घटना हुने क्रम बढ्दै गएको छ । यसमा मुख्य समस्य दुर्घटनापछिका अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकार विफल हुनुलाई दोषी ठानिएको छ ।

तस्बिर: अमृत बुढाथोकी मगर

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]