Dabali News

१९ जना यात्रु बोकेको तारा एयरको विमान जुम्लामा दुर्घटना, यस्तो क्षतिको विवरण

२६ जेठ

काठमाडौं । तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगञ्‍जबाट जुम्लाको लागि उडेको विमान अवतरणको क्रममा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । दुर्घटनामा मानविय क्षति भएको छैन ।

नेपालगञ्ज विमानस्थलबाट शनिबार दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९-एईभी जहाज जुम्ला विमानस्थलमा २ बजेर ५० मिनेटमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो ।

चालक दल (पाइलट, कोपाइलट र एयर होस्टेज)सहित १९ जना सवार जहाज अवतरणका क्रममा टायर पञ्चर भएपछि धावनमार्गमा चिप्लिएर तार जालीमा अड्किएको थियो। घटनामा मानवीय क्षति भने हुन पाएन। केहीलाई सामान्य चोट लागेपनि अस्पताल लैजानु नपर्ने विमानस्थल स्रोतले बताएको छ ।

जहाजलाई क्याप्टेन जेके निरौलाले उडाएका थिए भने हिक्मत रोकाया कोपाइलट थिए।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]