Dabali News

स्वीडेनको राष्ट्रिय दिवसको अवसरमा नेपाली भेषभुषा प्रदर्शन

२६ जेष्ठ

काठमाडौं । स्वीडेनको राष्ट्रिय दिवसको अवसर पारेर गैर-आवासीय नेपाली संघ राष्ट्रिय परिषद स्वीडेनले नेपाली पोशाक प्रदर्शनी गरेको छ ।

स्टकहोममा गरिएको कार्यक्रममा ‘कल्चर फेस्टिबल’ मा नेपाली संस्कृति झल्किने विभिन्न जनजातिका भेषभुषाको नेपाली पोशाक प्रदर्शनी गरिएको थियो ।

स्वीडेनमा रहेका बिभिन्न समुदायहरुले भाग लिएको सो कार्यक्रममा गैरआवासीय नेपाली संघलाई आफ्नो प्रस्तुतिको लागि समय दिइएको थियो । कार्यक्रममा संघका सचिब राजकुमार पाठकले नेपालको भेष-भुषा, भाषा-संस्कृति, रहनसहन, रितिरिवाज आदिको बारेमा स्वीडिस भाषामा जानाकारी गराएका थिए ।

उनले नेपाल भौगोलिक दृष्टिकोणले जतिसुकै सानो भएपनि भाषिक र साँस्कृतिक दृष्टिकोणले विश्व मानचित्रमा एक सम्पन्न देशको परिचय बनाएको चर्चा गरे । साथै उनले नेपाल विभिन्न जातजातिहरुको एक साझा फुलबारी हो भनि चिनारी गराए ।

गौतम बुद्धलाई जन्म दिने नेपालको प्राकृतिक सौन्दर्य परिचय दिलाउँदै नेपाल घुम्न जान प्रेरितसमेत गरे । उक्त अवसरमा मन्तब्यपछि लाइनबद्ध रुपमा नेपालको जनजातिहरुको पोशाक पहिरन प्रदर्शनका साथै पहिरनको ब्याख्या समेत गरिएको थियो ।

कार्यक्रममा उपस्थिति जनाउनेहरुलाई एनआरएनएले विशेष धन्यवाद ब्यक्त गरेको एनआरएनएका अध्यक्ष अर्जुन श्रेष्ठले जानकारी दिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]