Dabali News

अन्तिम एल्वमको नाम नै ‘अन्तिम सम्झना’ राखेका गायक अमर जिसीको मृत्यु

२४ जेष्ठ

काठमाडौं । श्रीमतीलाई फोनमा ‘अलिकति बिरामी थिएँ, अहिले ठिक भएको छ , चिन्ता नगर्नु, छिट्टै घर आउँछु ।’ भनेका ३० वर्षिय गायक अमर जिसीको मंगलबार घरमा वाकसमा शव आउँदा उनका परिवार शोकमा दुब्यो ।

धुर्कोट गाउँपालिका वडा नं.३ साविकको हाडहाडे १, वर्दवासका अमर जिसीको ४३ दिन अघि साउदी अरवमा मृत्यु भएको थियो । साउदी अरब पुगेको एक वर्ष नपुग्दै उनको मृत्यु भएको हो ।

मृत्यु हुनु २ साताअघि मात्रै उनले स्वास्थ्य ठीक हुँदै गएकाले छिट्टै फर्कने बताएका थिए । लोकगायनका साथै अमर मोडलिङ्ग क्षेत्रमा समेत सक्रिय रहेका थिए । कमाएर सांगितिक क्षेत्रमा स्थापित हुनकै लागि उनी वैदेशिक रोजगारमा गएको बताइएको छ ।

उनले अन्तिम एल्वमको नाम नै ‘अन्तिम सम्झना’ राखेका थिए । दुर्भाग्य, उनको वास्तविक जीवनमा नै त्यस्तै भयो । उनले मृत्युको अघिल्लो दिन पनि श्रीमतीलाई ‘भ्वाईस म्यासेज मार्फत मलाई ठिक भइसक्यो, भोलि आँखाको अप्रेशन गर्न डाक्टरले बोलाएका छन्, केहि पिर नगुर्न’ भन्दै सन्तवाना दिएका थिए ।

छोरा छोरीलाई कुनै कुरामा दुख नदिनु, तिमीले पनि धेरै दुख नकाट्नु, पैसा पठाइहाल्छु र धेरै बस्दिन अव छिट्टै आउँछु भन्दै श्रीमतिलाई मिठा सपना देखाउँदै आएका जिसीको ४३ दिन अघिको पछिल्लो १२ घण्टा पछि सधैका लागि फोन स्वीचअफ भयो ।

मृत्युको अघिल्लो दिन साँझसम्म फेसवुक लाईभमा उनले गीत समेत आफ्ना दर्शक श्रोतालाई छाडेर गएका छन् । जिसी अमर कसैको आँखामा नबिझाउने मिलनसार थिए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]