Dabali News

अपशब्दले नेकपा सांसदलाई झापड

२३ जेष्ठ

काठमाडौं । प्रदेश नं.२ को नेकपा संसदीय दलको कार्यालयमा सांसदलाई झापड प्रहार गरेको घटना सार्वजनिक भएको छ ।

मंगलबार प्रदेशसभा बैठक सकिएपछि संसदीय दलको कार्यालयमा तत्कालीन एमालेका समानुपातिक सांसद मञ्जु यादवले धनुषाको क्षेत्र नं.१ (क) बाट निर्वाचित सांसद किशोरी साहलाई झापड हानेकी हुन् ।

दलको कार्यालयमा सांसदहरुको योजना टाइप गर्ने क्रममा भएको विवादमा यादवले महतोलाई झापड हानेको एमालेका सांसदहरु बताउ छन् । पार्टीका सांसदहरुले बुझाएको योजना मन्त्रालय पठाउन कम्प्युटरमा टाइप गर्ने व्यक्तिसित सांसद यादवको विवाद चुलिएको थियो । यादवले आफ्नो योजना आफैं टाइप गर्ने बताएपछि उनीहरुबीच विवाद भएको थियो ।

कम्प्युटर अपरेटरसँग सांसद यादवको सामान्य भनाभन भइरहँदा सांसद साह झोक्किँदै आएर ‘बकबक गर्छस् बढी बोले २ झापड हान्छु’ भन्दै दुरव्यवहार गरेका थिए । सांसद साहको अपशब्द सुनेपछि आक्रोसित भएकी सांसद यादवले झापड प्रहार गरेकी थिईन् ।

संसदीय दलको कार्यालयमा सांसद साहलाई झापड हान्दा संसदीय दलका नेता सत्यनारायण मण्डल र अर्का सांसद नागेन्द्र साह त्यही उपस्थित थिए । सांसदको झापड प्रकरणले एमालेभित्र विवाद चर्किएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]