Dabali News

‘क्वान्टिको ३’ को अन्तिम भागमा पुग्दा प्रियंकाविरुद्ध आक्रोश

२३ जेष्ठ

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनय गरिरहेको अमेरिकी सो ‘क्वान्टिको ३’ को अन्तिम भाग प्रियंकाकै लागि समस्या बनेको छ ।

सोमा देखाइएको एक दृश्यका कारण प्रियंका ट्रोलको शिकार बनेकी छिन् उनको यो सोको तेस्रो सिजनको टिआरपी रेटिङ पनि सोचेअनुरुपमाथि जान सकेन ।

अन्तिम भागको एक दृश्यमा भारतीयलाई मार्ने योजना बनाइरहेको देखाइएको छ । दृश्यमा बममार्फत उक्त व्यक्तिलाई मार्ने अनि सबै दोष पाकिस्तानलाई दिने योजना बनाइएको छ । प्रशंसक र सोका दर्शकले यो कुरा मन नपराएपछि सामाजिक सञ्जालमा प्रियंकाविरुद्ध आक्रोश बढेको हो ।

जुन १ मा रिलिज भएको सोमा एमआइटीका एक अध्यापकले युरेनियम पाइरहेको देखाइएको थियो जुन युरेनियममार्फत उनले एक परमाणु बम बनाउ छन् ।

उनको उद्देश्य न्युर्योकमा हुन लागेको भारत-पाकिस्तानबीचको शिखर वार्तामा बम पड्काएर त्यसको दोष पाकिस्तानलाई लगाउने हुन्छ । केहीले सोप्रति आक्रोश पनि व्यक्त गरेको छन् । ‘यो तल्लो स्तरको एपिसोडलाई मैले सम्झन सकेकै छैन । उनीहरू हामीलाई के देखाउन चाहन्छन्,’ एक दर्शकले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रियंकाले सोको ३ सिजनमा काम गरिसकेकी छिन् । उनको एलेक्स पेरिसको भूमिकालाई दर्शकले पनि निकै रुचाएका थिए । केही दिन यता स्वदेशी तथा विदेशी मिडियामा प्रियंकाको प्रेम सम्बन्धलाई लिएर चर्चा परिचर्चा पनि भइरहेको छ । गत मेमा प्रियंकालाई अमेरिकी गायक निक जोन्ससँग केही स्थानमासँगै भेटिएपछि उनीहरूबीच प्रेम अंकुराइरहेको चर्चा चलेको थियो ।

प्रियंका बलिउडमा करिब ३ वर्षपछि ‘भारत’ मा देखिँदै छिन् । अलि अब्बास जफरको निर्देशन रहने फिल्ममा सलमान उनको जोडीकोे रूपमा रहने छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]