Dabali News

पन्ध्रवटा म्यानपावर कम्पनीका मालिक ३ जना, प्रहरीले छानबिन थाल्यो

२३ जेठ

ललितपुर । तीन जना व्यक्तिले पन्ध्र वटा म्यानपावर कम्पनी चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले मञ्ज् अधिकारी, शेरबहादुर सम्वाहाम्फे (लिम्बुु) र लक्ष्मण लिम्बुु (सुुव्वा)ले पाँचपाँच वटा कम्पनी चलाएको पाइएको जनाएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जाहेरीमा तीनै जना दोषी देखिएको जनाउँदै प्रहरीले थप अनुसन्धान गर्न ती कम्पनीहरुबारे विस्तृत विवरण दिन बुद्धनगरस्थित वैदेशिक रोजगार विभागलाई पत्र काटेर गरेर थप विवरण माग गरेको छ ।

अहिलेसम्म फेला परेका कम्पनीहरुमा मञ्जुु अधिकारीले ललितपुर जिल्लाभित्र तारा एचआर म्यानपावर कृष्णगल्ली, न्युु वर्ल्ड ओभरसिज म्यानपावर चाकुपाट, लक्की एचआर म्यानपावर जावलाखेल, अरोमा म्यानपावर, गोरखा एचआर म्यानपावर पुल्चोक लिभर त्ज्क्ष्च् म्यानपावर भनिमण्डल चलाउँदै आइरहेको पाइएको छ ।

त्यस्तै लिम्बुुले ललितपुरमै वल्र्डभिजन म्यानपवार कुुपण्डोल, एचडी एचआर म्यानपावर धोविघाट, अरोरा म्यानपावर कुपण्डोल ज्वागल, चन्द्रमा म्यानपावर ठाडोढुुंगा धोविघाट र काठमाडौंमा अल्फासिग्मा म्यानपावर कम्पनी चलाइरहेको भेटिएको अनुसन्धानमा भेटिएको छ ।

त्यसैगरी सुुव्वाले ललितपुरमा मात्र इन्टरनेशनल म्यानपावर ग्वार्को, लक्की ओभरसिज म्यानपावर सानेपा, रिदम म्यानपावर एकान्तकुना, एपी म्यानपावर कुसुन्ती र काठमाडौंमा लिभर्टी एचआर तत्काल भनिमण्डल स्वयम्भुुमा चलाइरहेको पाइएको छ । सुब्बाले एस.के.पी. इन्टरनेशनल प्रा.लि.ललितपुरको ग्वार्को ठेगाना राखेर चलाएको समेत देखिएको छ ।

उक्त म्यानपावर कम्पनीहरु दर्ता भएनभएको ? र तिनका संचालक र सम्पर्क ठेगाना उपलब्ध गराउन विभागमा अनुसन्धान अधिकृत प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले यही जेठ २० गते पत्राचार गरेका छन् ।

सरकारले मलेसिया र खाडीका आधा दर्जन मुलुकमा म्यानपावर कम्पनीहरु मिलेर नेपाली कामदारसँग नियमविपरीत चर्को शुल्क लिएर डगी गरिरहेको भन्दै दोषी देखिएका कम्पनीमाथि छापा मारेर संचालकमाथि अनुसन्धान र कारवाही प्रक्रिया बढाइरहेको छ ।

यसैक्रम म्यानपावर व्यवसायी हार्वेष्ट लगायत आधा दर्जन म्यानपावर चलाएर ठगी गर्दै आइरहेका रामप्रसाद श्रेष्ठलगायत व्यवसायीहरुलाई पक्राउ गरी केही हिरासत र केहीलाई जेलमा पठाइसकेका छन् । ठग व्यवसायीहरुमाथि निगरानी बढाउन र दोषीलाई नछाड्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बारम्बार निर्देशन दिँदै आएका छन् ।

अर्को महत्वपूर्ण विषय, एकै जनालाई दर्जनको संख्या म्यानपावर कम्पनी चलाउन दिने वैदेशिक रोजगार मन्त्रालय र विभागमाथि कारवाही हुन्छ कि हुँदैन ? गम्भीर रुपमा प्रश्न उब्जिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]