Dabali News

माओवादी केन्द्रका सांसदसहित बहुमत केन्द्रीय सदस्य एकतामा नगएको खुलासा, जेठ २९ गते भेला

२३ जेठ

काठमाडौँ । तत्कालिन नेकपा एमालेसँग गरिएको एकताप्रति माओवादी केन्द्रभित्रको असन्तुष्ट फराकिलो बन्दै जान थालेको छ । एकता सुरुमै भएको छलफलबाटै गोपाल किराँतीको नेतृत्वमा केही नेताहरु बाहिरिएका थिए । उनीहरुले एकता एमालेकरण भन्दै आपत्ति जनाएका थिए । किराँतीले माओवादी केन्द्र पुर्नगठनको घोषणा गरे । एकतालगत्तै उनले आफ्नो संयोजकत्वमा पार्टीको रुप दिइसकेका छन् ।

पार्टीभित्र बढेको असन्तुष्टीको बेवास्ता गर्दै अध्यक्ष पुष्पकमल दाहालले एकताको प्रक्रिया अगाडि बढाए । त्यसपछि आहुतीको नेतृत्वमा केही युवा नेताहरु पनि बाहिरिए उनीहरुले पनि पार्टी गठन गरिसकेका छन् । एकता लगत्तै विमल अधिकारीको नेतृत्वमा जनयुद्धकालिन माओवादी पार्टी ब्यूताइयो । उनीहरुले त्यसलाई पार्टीको रुप दिइसकेका छन् ।

दाहाल नेतृत्वको माओवादी केन्द्रभित्रको असन्तुष्टि भुसका लागेको आगोजस्तै फैलिँदै गएको छ । फेरि केही नेताहरु माओवादी केन्द्र पुर्नगठन गर्न लागेका छन् । यसअघिका विभाजनमा सांसदहरु गएका छैनन् तर यो पटक भने केही सांसदहरुसँगै कार्यालय सदस्य, धेरै पोलिट्ब्यूरो र केन्दीय सदस्यहरु मिलेर नयाँ पार्टी बनाउन लागेका छन् ।

एमालेसँगको एकतासँगै जनयुद्धबाट प्राप्त उपलब्धी गुमेको र जनतासँग गरेको प्रतिवद्धताबाट मुख्य नेताहरु पछि हटेको उनीहरुको निष्कर्ष निकालेका छन् । यसको संयोजन नेता भविसोर पराजुलीले गरेका छन् । उनी निर्वाचनमा माओवादी केन्द्रबाट नवलपुर १ का प्रतिनिधि सभा उम्मेदवार समेत बनेका थिए ।

एमालेसँगको एकताको विरोध गर्दै नयाँ पार्टी गठन गरेर अगाडि बढ्ने निष्कर्षसहित जेठ २९ गते विशेष भेला बोलाइएको छ । छलफलमा सहभागी एक नेताका अनुसार माओवादी केन्द्रलाई नै पुर्नगठन गर्ने की नयाँ पार्टीको नाम राख्ने भन्नेबारे पनि छलफल भएको छ ।

अधिकांश नेताहरुले माओवादी केन्द्रले गलत संस्कारको संस्थागत गरेका कारण नयाँ माओवादी पार्टी गठन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् भने केही नेताहरुले नाम र चुनाव चिन्हसहित माओवादी केन्द्रकै पुर्नगठन गर्नु पर्नेमा बताएका छन् ।

माओवादी केन्द्रका करिब ६ हजार महाधिवेशन आयोजक समितिका सदस्यहरुको बहुमत एमालेसँगको एकतामा नगएको बताइएको छ ।
त्यसैगरी पूर्व जनमुक्ति सेना कमाण्डर र वाइसिएलका केही पदाधिकारीसहितका नेताहरु जेठ २९ गतेको भेलामा सहभागी हुने बताइएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]