Dabali News

ट्रम्प-किम जोङको सुरक्षा नेपाली खुकुरी बोकेका गोर्खा सैनिकले गर्ने

२२ जेठ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको सुरक्षाको जिम्मा नेपालीको काँधमा आएको छ ।

आगामी जुन १२ मा सिंगापुरमा हुन लागेको वार्ताको सुरक्षाको जिम्मा गोर्खा सैनिकलाई दिने भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

स्थानीय समयअनुसार विहान ९ बजे ट्रम्प र उनबीच भेटवार्ताको समय तय भएको छ । दुवै नेताले आ–आफ्ना सुरक्षाकर्मी ल्याउने भएपनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको हो ।

सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित सुरक्षा दिनेछन् । अत्याधुनिक हतियारसँगै नेपाली खुकुरीसहित गोर्खा सैनिकहरुले ट्रम्प र उनको सुरक्षमा खटिने भएका हुन् ।

समाचार संस्था रोयटर्ससँग कुरा गर्दै इन्टरनेसनल इन्ष्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आईआईएसएस) सिंगापुरको सुरक्षा बल विज्ञ टिम हक्सलीले गोर्खा सैनिक सिंगापुरले उपलब्ध गराउन सक्ने सबैभन्दा उत्कृष्ट सुरक्षाकर्मी भएको बताए । सिंगापुरमा धेरै मजबुत अग्रपङ्तिको फौजको रुपमा गोर्खा सैनिकलाई लिइन्छ । विशेष कार्यक्रमहरुको सुरक्षा र व्यवस्थापनको जिम्मा गोर्खा सैनिकहरुले लिँदै आएका छन् । उनिहरु विशेष तालिम प्राप्त हुन्छन् ।

सिंगापुर प्रहरीका प्रवक्ताले कति सङ्ख्यामा गोर्खाहरु खटाइनेछन् भन्ने बारेमा बताउन चाहेनन् ।

आईआईएसएस मिलिटरी ब्यालेन्सका अनुसार ६ प्यारामिलिटरी कम्पनीमा गरी १८०० गोर्खाहरु सिंगापुर प्रहरीमा कार्यरत रहेका छन् ।

ब्रिटिस औपनिवेशिक कालको इतिहास र हालको सिंगापुरको व्यवहारिक नेतृत्वको एक हिस्साको रुपमा रहेका गोर्खाहरु बेलायती परम्परासँग जोडिएका छन् । जसअनुसार नेपाली सैनिकहरुलाई दुई सय वर्षदेखि विशेष फौजको रुपमा भर्ती गरिएको छ ।

१९ औं शताब्दीको नेपाल–अङ्ग्रेज युद्धमा बेलायती सेना धेरै ठाउँमा नेपाली सैनिकहरुबाट पराजित भएको थियो । उनीहरुको वीरता र युद्धकौशलबाट प्रभावित भएपछि औपनिवेशिक बेलायतीहरुले उनीहरुलाई आफ्नो सेनामा भर्ती गराउन थाले ।

अहिले गोर्खा सैनिकहरु नेपाल, भारत, बेलायती सेनाको साथै सिंगापुर र ब्रुनाइमा समेत कार्यरत छन् । गोर्खा सैनिकले दुवै विश्वयुद्ध, फकल्याण्ड युद्धको साथै हालसालै अफगानिस्तानमा समेत लडाईमा भाग लिएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]