Dabali News

नेपालगञ्ज-दिल्ली सिधा उडान सञ्चालन

२२ जेष्ठ

काठमाडौं । नेपालगन्ज-दिल्ली हवाई उडान सञ्चालनका लागि पहल सुरु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले सोमबार आयोजना गरेको सर्वदलीय बैठकमा बोल्दै बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर बस्नेतले बुद्ध एयर नेपालगन्ज-दिल्ली हवाई उडान सञ्चालनका लागि तयारी अवस्थामा रहेको बताए ।

सरकारी निकायबाट अनुमतिका पाए लगत्तै बुद्ध एयरले नेपालगन्ज-दिल्ली उडान सुरु गर्ने प्रष्ट पारेको छ । बुद्ध एयरसँग काठमाडौं-वनारस उडान भरेको अनुभव रहेको बताउँदै प्रबन्ध निर्देशक बस्नेतले नेपालगन्ज-दिल्ली उडानका लागि एयरलाइन्स कम्पनीले गर्नुपर्ने सबै प्रक्रियाहरु पुरा गरी सकेको दावीसमेत गरे ।

नेपालगन्ज-दिल्ली उडानका लागि भारत सरकारसमेत सकारात्मक भएकाले नेपालगन्ज विमानस्थलमा अध्यागमन र भन्सार कार्यालयको युनिट स्थापना गर्नुका साथै अन्तर्राष्ट्रिय उडानका लागि प्यासेन्जर टर्मिनल निर्माण गर्नुपर्ने सुझाव थियो ।

उडान अनुमति पाएलगत्तै बुद्ध एयरले ‘एटीआर ७२’ बाट उडान सुरु गर्ने बताउँदै प्रबन्ध निर्देशक बस्नेतले एक बर्षमा एकतर्फी उडानबाट मात्रै करिब ७० हजार यात्रुहरुले नेपालगन्ज–दिल्ली उडान भर्नसक्ने दावी गरे ।

नेपालगन्ज–दिल्ली उडानको लागि ‘लिमा ६२६’ बाटै जाने-आउने गरी रुट मिलाउनतर्फ सरकारले ध्यान दिनुपर्ने प्रबन्ध निर्देशक बस्नेतको भनाइ छ । सर्वदलीय बैठकमा बोल्दै बर्दिया क्षेत्र नं.१ का सांसद एवम् पुर्व मन्त्री संजय गौतमले नेपालगन्ज मात्रै नभएर पश्चिम नेपालको पर्यटन विकासका लागि नेपालगन्ज–दिल्ली उडान सेवाले महत्वपूर्ण योगदान पुर्याउने बताए ।

सांसद गौतमले नेपालगन्ज विमानस्थललाई क्षेत्रीय स्तरमा स्तरोन्नती गरेर छिमेकी मुलुकमा उडान सुरु गर्नका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाए । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले नेपालगन्ज विमान स्थलमा हाल भईरहेको पुर्वाधारबाटै नेपालगन्ज–दिल्ली उडानको सबै सेवा सञ्चालन गर्न सम्भव भएको दावी गरे ।

उनले उडान सञ्चालन गर्नका लागि बुद्ध एयर तयार भएको र भारत सरकार पनि उडान रुटको अनुमति दिन सकारात्मक भएकाले उडान सुरु गर्नका लागि आवश्यक पहल सुरु गरिएको प्रष्ट पारे । नेपालगन्ज-दिल्ली हवाई उडान सुरु हुनसके नेपालगञ्ज विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास हुने सम्भावना बढ्ने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]