Dabali News

ब्रेकिङः विद्या मन्दिर उच्च माविका प्रअ शाहीलाई अखिल क्रान्तिकारीले दल्यो कालोमोसो

२२ जेठ

अछाम । यहाँस्थित विद्यामन्दिर उच्च माविका प्रधानाध्यापक वीरबहादुर शाहीलाई कालोमोसो दलिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले बिहान १० बजे अछामको विनायकस्थित उच्च माविको अाफ्नै कार्यकक्षमै रहेका शाहीलाई कालोमोसो दलेका हुन् ।

केही समयपहिले वृद्धि गरेको शूल्क फिर्ता हुनुपर्ने, विद्यालयमा भएको अनियमितताको छानविन हुनपर्नेलगायतका माग राखि अखिल क्रान्तिकारीले विद्यालयको प्रशासनमा तालाबन्दी गरेको थियो ।

प्रअ शाहीले मागको सुनुवाई गर्नुको साटो ताला फोडेर दादागिरी देखाएकोले चेतावनीस्वरुप कालोमोसो दलेको अखिल क्रान्तिकारी अछामले जनाएको छ । बढाएको शुल्क तत्काल फिर्ता गर्न समेत क्रान्तिकारीले माग गरेको छ ।

आफ्ना मागहरुको बेवास्ता गरेको, प्रहरी प्रशासन लगाएर विद्यार्थीलाई गिरफ्तार गराउने षड्यन्त्र गरेको भन्दै विद्यार्थीहरुले शाहीलाई कालोमोसो दलेका हुन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]