Dabali News

‘विप्लव दाई’को पार्टीले नरकबाट बाहिर निकाल्‍यो, छिट्टै घर फर्किन्छुः तेजबहादुर

२२ जेठ

दोहा । कतारस्थित प्रवासीहरुको संगठन जनप्रगतिशील मोर्चाले अलपत्र परेका एक नेपाली कामदारको उद्दार गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट मोर्चाले वैदेशिक रोजगारीको क्रममा कतार पुगेका दाङका तेजबहादुर चौधरीको उद्दार गरेको हो । तुल्सीपुर नगरपालिका–११ बेलगनारका चौधरी काठमाडौंस्थित पगेणी मेनपावरबाट कतारको दोहा स्थित सैलियाको एक कास्टल कम्पनीमा लामो समयदेखि काम गर्दै आएका थिए । तर, उक्त कम्पनीले चौधरीको श्रम शोषण गर्दै पारिश्रमिक समेत दिएको थिएन ।

विगत चार महिनादेखिको पारिश्रमिक नदिएको उक्त कम्पनीले चौधरीको उपचारको समेत बेवास्ता गर्दै आएको थियो । कमकै क्रममा उनको खुट्टामा गम्भीर चोट लागेको थियो । कम्पनीले आफूले उपचार पनि नगर्ने र पारिश्रमिक पनि नदिएको चौधरीले बताए ।

नेपाल कम्युनिस्ट पार्टी निकट मोर्चाको पहलमा हालसम्मको पारिश्रमिकसहित कम्पनीबाट चौधरीको उद्दार गरिएको छ । उनलाई कम्पनीबाट बाहिर जान समेत दिएको थिएन ।

उद्दारपछि चौधरीले आफू नरकबाट छुटकरा पाएको बताउँदै पहल गर्ने मोर्चालाई धन्यवाद दिए ।’मलाई लामो समयदेखि यातनासहित कम्पनीभित्रै बन्धक बनाइएको थियो, उपचार समेत गरिएको थिएन, कतारमा रहेको विप्लव दाईको पार्टीका साथीहरुले अहिलेसम्मको पारिश्रमिकसहित नरकजस्तै बनेको उक्त ठाउँबाट बाहिर निकालेको छ’ चौधरीले भने । खुशी हुँदै चौधरीले छिट्टै नेपाल फर्किने बताए ।

त्यसैगरी मोर्चाले चौधरीलाई फसाएर कतारबाट पठाउने मेनपावर कम्पनीलाई कारवाहीको लागि नेपालस्थित नेकपालाई सिफारिस समेत गरेको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]