Dabali News

पूर्व एमालेका नेताको कुटाईबाट वडा सदस्य मनाको मृत्यु

२१ जेठ

काठमाडौं । नेकपा अन्डरलाइनका कार्यकर्ताहरुको कुटाईबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका वडा नम्बर–९ की महिला वडा सदस्य मना सार्कीको मृत्यु भएको हो । पूर्व एमालेका कार्यकर्ताहरुले रक्सी खाएर कुटपिट गर्दा ४५ वर्षीया सार्कीको मृत्यु भएको हो ।

पूर्व एमालेका स्थानीय नेता राजिन्द्र शाही, सिर्जना शाहीलगायतले जेठ १९ गते राती ९ः३० बजे कुटपिट गरेका थिए । घाइते सार्कीको शनिबार राति ११ बजे मृत्यु भएको हो ।

सार्कीले चुनाव जितेदेखि नै शाही परिवारले विभिन्न बहानमा उनीसँग झगडा गरिरहेका थिए । मनाका आफन्तका अनुसार चुनाव जितेर ठूली भएको भन्दै उनीहरुले पटक पटक धम्की दिइरहेका थिए ।

मान्मास्थित पत्रका रमेश रावलका अनुसार मनाको शव पोष्टमार्टमको लागि जिल्ला सदरमुकाम ल्याइएको छ । तर, अझै पोष्टमार्टम हुन सकेको छैन । शव जिल्ला अस्पतालमा राखिएको छ भने प्रहरीले उजुरी दर्ता गर्न मानेको छैन । प्रहरीलाई उजुरी दर्ता नगर्न नेताहरुले दबाब दिएको पीडित परिवारले गुनासो गरेका छन् ।

मनका श्रीमान चुरे सार्की रोजगारको सिलसिलामा भारतको अलमोडामा छन् । ३ छोरा र ३ छोरी छन् । गत स्थानीय चुनावमा मना एमालेबाट वडा सदस्‍यमा निर्वाचित भएकी थिइन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]