Dabali News

व्यावसायिक रुपमा क्यानोनिङ शुरु, यही जेष्ठ २६ र २७ गते छाँगावरोहण महोत्सव हुने

२१ जेष्ठ

काठमाडौं । दक्षिणी धादिङको थाँक्रे गाउँपालिका-६ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिक रुपमा छाँगाबरोहण (क्यानोनिङ) शुरु भएको छ ।

थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक शुरुवात गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परेको हो ।

रानीझरना क्षेत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा.पुष्प कँडेलले झर्नावरोहणको उदघाटन गर्दै पर्यटन विकासको सम्भावना नै सम्भावना भएकाले समृद्ध नेपालका लागि सबै लाग्नु पर्नेमा जोड दिए ।

पृथ्वीराजमार्गको महादेवबेँशीबाट ४ किलोमिटर दक्षिणतर्फ कच्ची सडक मार्ग प्रयोग गरी सडकबाट खोलामा झरेपछि रानीभरना पुग्न सकिने भएकाले राजधानीबाट छोटो दूरीमै प्रकृतिको मज्जा लिन सकिन्छ ।

रानीझर्ना क्षेत्रमा शनिबारबाट २१ जनालाई झर्ना वरोहणका लागि आधारभूत तालीमसमेत शुरु गरिएको छ । जेष्ठ २६ र २७ गते छाँगावरोहण महोत्सव आयोजना गरिने तयारी गरिएको नेपाल क्योनिङ एशोसिएशनका संस्थापक अध्यक्ष कर्ण थापाले बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]