Dabali News

दैनिक ८ घण्टा लोडसेडिङ

२१ जेठ

बाग्लुङ । जिल्लामा दैनिक ८ घण्टा लोडसेडिङ भइरहेको छ । यो बागलुङमात्रै होइन । धौलागिरी अञ्चलका चार जिल्लामा दैनिक ८ घण्टा लोडसेडिङ हुँदै आएको छ ।

करिब एक हप्ताभन्दा बढी समयदेखि विद्युत् लाइन मर्मतका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् कटौती गरेको हो ।

मोदी–पोखरा १३२ केभी प्रशारण लाइनअन्तर्गत टावर नम्वर ७० परिवर्तन गर्न भन्दै आइतबारदेखि विद्युत् सेवा ठप्प पारिएको हो ।

बुधवारसम्म विद्युत् कटौती गरेर टावर परिवर्तनको काम गरिने नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रले जनाएको छ ।

पर्वतलगायत बाग्लुङ, म्याग्दी र मुस्ताङमा समेत सोही सवस्टेसनमार्फत विद्युत् प्रशारण लाईन जडान भएकाले यि क्षेत्रमा पनि विद्युत सेवा अवरुद्ध हुने केन्द्रले जनाएको छ ।

दैनिक आठ घण्टा विद्युत ठप्प हुँदा यस क्षेत्रमा सञ्चालित उद्योग, कलकारखाना, सञ्चार माद्यम बढी प्रभावित भएका छन् ।

  • सांकेतिक तस्विर
Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]