Dabali News

अरुण-३ छोडेर जान भारतीय कम्पनी सतलजलाई नेकपाको चेतावनी पत्र

२० जेठ

काठमाडौँ । अरुण–३ छोडेर जान भारतीय सतलज जलविद्युत निगम लिमिटेडलाई नेपाल कम्युनिस्ट पार्टीले चेतावनी पत्र पठाएको छ । उसले अरुण–३ जलविद्युत आयोजनामा हात हालेर सतलजले नेपालको हितविपरित कार्य गरेको बताएको छ ।

“यो परियोजना नेपाल सरकारले संविधानको धारा २७९ (अन्तरिक संविधानको धारा १५६) लाई छल्दै चोरबाटोबाट नवऔपनिवेशिक शैलीमा भारतीय कम्पनीलाई सुप्पिएको छ । त्यसकारण नेपाल सरकार र यहाँका दलहरुलाई दबाब र प्रभावमा पारेर भारत सरकारमार्फत तपाईँहरु नेपालको हित विरोधी काममा संलग्न हुन दुःखको विषय हो । तसर्थ अरुण–३ परियोजनाबाट हात झिकेर फर्कन हामी तपाईँहरुलाई अनुरोध गर्दछौं” नेकपाका पूर्वी कमाण्ड इन्चार्ज अनिल विरहीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

विरहीले अन्यथा कम्पनीको लागनी डुब्ने चेतावनी दिएका छन् । पत्रमा नेपालको हित विरोधी, संसदस्य दलहरुले प्रभु खुशी पार्न गरिएका र नेपाली जनताद्वारा अनुमोदन नभएका कुनै पनि राष्ट्रघाती सम्झौताहरु आफ्नो पार्टीलाई मान्य नहुने बताइएको छ ।

यस्तो छ पत्र 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]