Dabali News

जनप्रतिनिधिलाई नेकपाले थाल्यो जनकारवाही, गाउँपालिकाका अध्यक्ष चौधरीलाई कालोमोसो

२० जेठ

बुटवल । नेपाल कम्युनिष्ट पार्टीको जनपरिषदले रुपन्देहिका एक जना जनप्रतिनिधीलाई विकास निर्माणको काममा भ्रष्टचार गरेको भन्दै कालो मोसो दलेर जनकार्वा्हि गरेको छ ।

रुपन्देहीको सुद्धोधन गाउँपालिका प्रमुख किसुन चन्द्र चौधरीलाई जनपरिषद् रुपन्देहीले बिकास निर्माणका हरेक काममा २० देखि २५ प्रतिसत कमिसन खाने गरेको, जनाताको हरेक काममा बहाना बाजी गर्ने र घुस माग्ने गरेकोले आईतवार कालो मोसो दलेर जनकारवाही गरेको बताइएको छ ।

जनकारवाही पछि सोही स्थानमा छाडिएको पर्चामा विकास निर्माणको नाममा निकालिएको नदिजन्य पदार्थ स्थानीय ठेकेदार र व्यापारीहरुलाई बेचेर कमिशन खाएको, गाँउपालिकाका विभिन्न सामान खरिदमा प्रक्रिया मिलाएर कमिशन खाएको जनस्तरबाट गुनासो आएकोले चेतावनी स्वरुप जनकार्वा्हि गरिएको पनि जनपरिषद् रुपन्देहिले प्रष्ठ पारेको छ ।

यस्तै आर्थिक प्रशासन नियमावलीको धज्जी उडाउदै विभिन्न व्याक्ति समुदायलाई निति विपरित बजेट बाढेर दुरुपयोग गरेको, विकास निर्माणमा राजनितिकरण गरि पार्टीका कार्यकर्ता भर्तिकेन्द्र गरिएको र योजनाहरुबाट २० देखि २५ प्रतिशत सम्म कमिशन खाने गरेको, गाउँकार्यपालिका भित्र समेत पूरण् बैठक तथा छलफल नगरी मनोमानी एवंम एकलौटि गरि जनताको ढाड सेक्नेगरी कर बृद्धि गरेको र जन्मदर्ता, मृत्युदरता, विवाहदरता, बसाईसराईको स्थानीय निकायका मार्फत सामान्य सिफारिस गर्ने क्रममा समेत बिभिन्न बहानामा जनतालाई दुख दिई कमिशन खाने गरेको पनि उक्त पर्चामा लेखिएको छ ।

घटनास्थलमा भेटियो पर्चा 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]