Dabali News

प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस

२० जेष्ठ

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस गरेको छ ।

रिक्त २८ एसपी पदका लागि र ५५ डिएसपी पदका लागि बढुवा सिफारिश गरेको हो । शनिबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फको डिएसपीलाई सोही समूहको एसपीमा बढुवा सिफारिश गरेको हो ।

बढुवा समितिको निर्णयअनुसार अच्युतमप्रसाद पुडासैनी १ नं.मा रहँदा प्रतापकुमार गुरुङ दोस्रोमा छन् । ५५ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्न पनि सिफारिश गरिएको छ । भीमबहादुर लामा १ नं.मा सिफारिश गरिँदा दोस्रोमा धनश्याम श्रेष्ठ रहेका छन् ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार बढुवाको सिफारिश गरिएको समितिका सदस्यसचिव डा.दिनेशचन्द्र पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]