Dabali News

केपी र प्रचण्डले कम्युनिस्ट सिद्धान्त नै बुझेका छैनन्ः खनाल

१९ जेठ

काठमाडौं । नेकपा अन्डरलाइनका नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले कम्युनिस्ट सिद्धान्त र आर्दश नबुझेको बताएका छन् । आफ्नो बरियता तोक्ने कसैलाई अधिकार नभएको भन्दै खनालले घुमाउरो भाषामा ओली र दाहाललाई उक्त आरोप लगाएका हुन् ।

वरीयताका विषयमा पार्टी्भित्र रहेर संघर्ष गर्ने भन्दै खनालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रष्ट पारे ।

चिनियाँ कम्युनिस्ट पार्टीले कार्ल माक्र्सबारे आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर शनिबार स्वदेश फिर्ता भएका नेता खनालले त्रिभुवन अन्तर्रााष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै भने, “मेरो वरियता तोक्नेहरु कम्युनिष्ट सिद्धान्त र आदर्श नबुझ्नेहरु हुन् ।” उनले नेपाल कम्युनिष्ट पार्टीको इतिहासमा आफ्नो योगदानलाई अवमूल्यन गर्ने अधिकार कसैसँग नभएको दाबी समेत गरे ।

नेता खनालले कम्युनिष्ट सिद्धान्त र आदर्श बुझ्नका लागि गहन चिन्तन आवश्यक भएको भन्दै त्यसमा लाग्न सुझाव समेत दिए ।

एमाले-माके एकता हुँदा वरियतामा खनाललाई अर्का नेता माधव कुमार नेपालभन्दा तल राखिएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]