Dabali News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फरक रंगका गोरेहरु

यसपटक कान्छा भाईको बिहे खानलाई एक महिनाको छुट्टी मिलाई घर लागें । विश्वकै एक नम्बरमा पर्ने इन्छन ईन्टरनेशनल एयरपोर्टमार्फत चाईनिज इस्ट्रनको बोर्डिङग गेटमा लाइन लागेँ । बोर्डिङ्ग सकिएर अध्यागमनको लाइनमा बसेँ । वर्ष पछि घर जान पाउँदा मन त्यसै फुरुङ्ग थियो । अध्यागमनका कर्मचारीले जान साथ अभिवादन (ईन्सा) गरे ।केहि सोधपुछ पछि म बोर्डिंग गेट खोज्दै हवाई जहाज तर्फ लागें ।

यो पटक मलाई चाइनाको विकास हेर्न औधी रुचि थियो । उसो त मैले सिंगापुरको टिकट रद्द गरेर चाईनाबाट जाने हिम्मत गरेको थिएँ । पुरै एकदिनको यात्रापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरण गरेँ । मसँगै झण्डै १०० जनाको हाराहारीमा चिनियाँ पर्यटक पनि थिए । नेपालको अध्यागमनमा केही न केही नौलोनै हुन्छ । पर्यटकहरुका लागि एरिभल कार्ड भर्नलाई एउटा फुटेको कलम पनि राखिएको थिएन । चिनियाँहरु अश्लील शब्द बोल्दै पालैपालो कार्ड भरिरहेका थिए । चिनियाँसँगको संगगतले मलाई उनिहरुको अश्लील शब्दबारे ज्ञान थियो । बल्लतल्ल ब्यागेजहरु आउन थाले टिभीमा १ नम्बर बेल्टमा ब्यागेज आउने भनेर लेखिएको थियो । एकजना कर्मचारी हस्याङ फस्याङ गर्दै आएर ३ नम्बर बेल्टमा आउने जानकारी गराए । उनिसँग चाइनिज भाषाको ज्ञान थिएन । चिनियाँहरु भने १ नम्बरमा कुरी रहे । मेरो सिटमा परेकालाई मैले ३ मा आइरहेको जानकारी गराए । त्यसपछि ट्याक्सी समातेर म काकाको घरतर्फ लागेँ । मैले ट्याक्सिको बारेमा लेखेर समय बर्बाद गर्दिन । म हरेक पटक काकाको घर पुग्दा विशेष रात्रिभोजमा पुग्दछु, सौभाग्य नै भनौं यो पटक पनि नरेन्द्र काकाकोमा यस्तै अवसर जुट्यो ।

समय बित्दै गए एक महिनाको छुट्टि सकाएर म पुनः कर्मभुमीतर्फ प्रस्थान गर्ने थिए । फर्किने बेला पनि हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलमा अनेक हुन्छ, कि त मलाई मात्र यस्तो भएको हो ? चाइना इस्ट्रनको काउन्टरमा म बोर्डिङ पाससँगै आफ्नो लगेज जोख्न थालेँ । निक्कै चिडिएको स्वरमा एकजना लेडिजले सोध्नुभयो भित्र त अवैध सामान छैन नि ? जवाफमा मैले टाउको हल्लाएर नभएको इशारा गरेँ । अर्का एकजना मेरै उमेरका केटा आएर ह्याण्ड क्यारी जोख्न भने । मैले तर्कमा जोख्छन् र ? भनि प्रतिप्रश्न गरेँ । आफु आउँदा जोख्नु नपरेको अवगत गराए । मेरो कुरा सुनेर उनको झन पारो तातेछ क्यार, उनसे मेरो ह्याण्ड क्यारी खोलेर हेर्न थाले । म मनमनै मुस्कुराए अनेक हुन्छ त मेरो देशमा हुन्छ । उनले मलाई अन्त्यमा जहाजभित्र राख्न नमिल्ला है भनि चेतावनी दिन समेत भ्याए । मैले उसको अहमता देखेर अझ प्रतिवाद गर्ने रहर गरिन । मेरो देब्रे लाईनमा जापान हिडेकी एक युवती थिइन् । पाँचओटा लगेज धेरै भएको र लान नमिल्ने भनि तिनै कर्मचारीहरुसँग प्रतिवाद गरिरहेकी थिइन् । उनले आफ्नो दिदी अर्काे एयरलाइन्सको कर्मचारी भएको र उक्त सामान जसरी नि छिर्ने आडान गरिन् । नभन्दै एक कलमा तिनै कर्मचारीले उक्त सामाना पठाई छोडे । टिकटमा ४५ केजीसम्म २ वटा लगेज लान मिल्ने उल्लेख थियो । यो सब देखेर म अध्यागमनको लिफ्ट तिर लागेँ ।

अध्यागमनको लिफ्टमा एकजना प्रहरी जवान बसेका थिए । उनले मलाई कहाँ जान लागेको भनेर सोधे । मैले कोरिया जान लागेको भने । बडो उत्सुक हुँदै मेरो साथी पनि कोरियामा नै भएको र कुन ठाउँमा हो, बिर्से भन्दै मुस्कुराए । कोरियामा कति बस्नु भयो पैसा त धेरै कमाउनु भयो होला है ? भन्दै प्रश्न गरे । मैले नि हाँसेर अलि अलि कमाएको जानकारी दिए । सम्भवतः मैले यति मज्जाले बोल्ने नेपाल प्रहरीका जवान भेटेको पहिलो पल्टनै हुनुपर्छ । म उनिसँग हात मिलाएर बिदा भए अध्यागमनमा पुग्न साथ मैले कर्मचारी तिर आँखा बढाए उनीहरुको बोल्ने शैली मैले पहिलेदेखि सकेको थिए । ३ नम्बर काउन्टरमा बडो स्मार्ट देखिने एकजना कर्मचारी हुनुहुन्थ्यो । उनको हाउभाउ प्रश्न गर्ने शैली देख्दै लाइनका मान्छेहरु नाख खुम्चाउन थालि सकेका थिए । त्यो काउन्टरमा पर्नु नपरे हुन्थ्यो भन्दै सोच्न थाले नभन्दै म पनि त्यहि ३ नम्बरमा परे।मेरो अनुहारमा हेर्दै कता हिडेको भन्नु भयो । म कोरिया हिँडेको सर भने । चीनतिर बिजनेस व्यापार कि किन ? फेरी प्रश्न गर्नुभयो राहधानीमा फोटो अर्कै छ भनि एकछिन अलमल गर्नु भयो ।सबै सकेर मेरो राहधानी काउन्टरमा पछार्नु भयो । उनको त्यो शैली देख्दा मलाई स्कुल लेभलमा दहलमार तासको याद आयो । हामि त्यो अन्तिमको दहल मार्दा सुरतको एक्का बोकेर त्यसरी नै बजार्थियौं । मैले झट्ट चीनको अध्यागमनमा त्यहाँको काउन्टरमा राखिएको सिस्टमको याद गरेँ । ३ वटा बटन थिच्नु पर्र्यो । यदि यहाँ हुदो हो त, म दबाउने थिए होला ।

मैले यहाँ उल्लेख गर्न चाहेको कुरा के हो भने, सरकारी कर्मचारीले गर्ने ब्यबहार किन यति रुस्ट छ ? मेरो विचारमा अन्तर्राष्ट्रिय विमानस्थलमा हाम्रो देशको मुलढोका हो । घरको मुलढोका बलियो भयो भने न घर बलियो हुन्छ । अहिले मिडियामा जति गोरे चर्चा भाइरल भयो, यो सबैको परिणाम पनि यिनै मुलढोका कमजोरि हो । मुलढोकाको बल्टु पक्कै ढिला भएकै छ । यहाँका बल्टुहरुमा खिया लागेको छ । ढोका प्वाल परेका छन् । मुलढोकाको रेखदेखमा बसेका कर्मचरिको काम र ब्यबहारमा जरैदेखि परिवर्तन ल्याउन जरुरी छ । वार्षिक लाखौं पर्यटकलाई यहि ब्यबहार गर्ने हो भने उनिहरुको मन मस्थितिमा के छाप पर्ला ? भर्खरै पर्यटनमन्त्रिज्यूको एक सय दिनको सफलताबारे समाचारमा सुनेँ । ९८ दशमलव कतिको पछाडिको दुइ अंकसहितको प्रतिशतमा सफलता मिलेको सुनाउनु भयो । मन्त्रिज्ूुको गणित पक्का सहि हो भने सकरात्मक हो । पर्यटनबाट देशको विकाश देख्नुहुन्छ भने एकपटक विमानस्थलमा पुग्नुहोस् । पर्यटकहरुसँग त्यहाँको सन्तुष्टि असन्तुष्टिबारे बुज्नुहोस ब्यतिगत हिसाब निकल्नु भन्दा देशको मुलढोकाको हिसाब गर्नुहोस् । सुधार गर्नुहोस् । वर्तमान परिस्थितिमा देशको सर्बाेच्च पदमा प्रमज्यु मेरै काका हुनुहुन्छ । उहाँ मेरो बाबालाई दाई भन्नुहुन्छ । यस मानेमा पनि मैले काक भनेर दिल्लगि गरे जस्तो मलाई लाग्दैन ।

अब काकाको हातमा छ, फरक रंगका गोरेहरुलाई संरक्षण गर्ने कि अन्य गोरेहरु नि जन्मन दिने ? गोरेलाई टाकुरामा चढन सिकाउने सहपाठिहरु तिनै त्क्ष्ब् भित्र छन।गोरेको लालन पालन गर्ने नि तिनै हुन। यि सबै बाट देशलाई बचाउनु छ। फेरि अर्को गोरे नजन्माउन परिवर्तन जरुरी छ । फेरि अर्को गोरे नजन्मियोस् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]