Dabali News

रक्षा नेपालकी अध्यक्ष मेनुकालाई सावित्रीको पत्रः तपाईंलाई कडाभन्दा कडा कारबाही किन नगर्ने ?

समाजमा पीडित महिलाहरुको सेवा र उद्दारको लागि भन्दै खोलिएको रक्षा नेपाल पछिल्लो पटक निकै विवादमा मुछिएको छ । विशेषगरी संस्थाकी अध्यक्ष मेनुका थापाले त्यहाँ उद्दार गरिएका भनिएकाहरुलाई उल्टै शोषण गर्दै आएको सार्वजनिक भएको छ । पुजा बोहोराले थापाको कर्तुत पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेकी हुन् ।

यो घटनासँगै मेनुकाले पीडित महिलाको नाममा डलरको खेती गरिरहेको पुष्टि भएको छ । सबैले उनका चर्को आलोचना गरिरहेका छन् । यसैबीच महिला अधिकारको क्षेत्रमा सक्रिया सावित्री सुवेदीले मेनुकालाई पत्र पठाएकी छन् । उनले पत्रमा संस्था खोलेर कमाउ धन्दा चलाएको र उल्टै पीडितमाथि थप पीडा दिएकोले कारवाही किन नगर्ने ? भन्दै प्रश्न सोधेकी छन् ।

यस्तो छ सावित्रीको पत्र

मेनुका दिज्यु नमस्कार,

म सावित्री सुवेदी, बिगत ५ बर्षदेखि रक्षा नेपालसँग हातेमालो गर्दै काम गरीरहेको कुरा हजुरलाई अबगत नै छ ।

समाज सेवा नै मुख्य धर्म हो भन्दै निरन्तर म यो अभियानमा नै छु । बलात्कार र महिला हिंसाको घटनामा दोषीलाई कारबाही गर्न कहिले पश्चिम, कहिले पूर्व र कहिले दक्षिण कुदिरहेको नै छु ।

महिला मैत्री समाज स्थापनाको लागि आजसम्म कोही कसैसँग सम्झौता गरिएन र गरिदैन पनि । खाली पेट र रित्तो खुट्टा बोकेर पनि देशका कुना कुनामा पुगेर अपराधीलाई कानुनी कारबाही गराउन म लागि परेको नै छु ।

समाज सेवाका नाममा तपाईं (मेनुका थापा)ले संस्थालाई कमाइ खाने बाटो बनाउदा आज धेरै मान्छेले मलाई समेत प्रश्न गरेका छन् । मलाई आज थाहा भो, तपाईंको जस्ता ७५ प्रतिशत संस्था कमाउन र लुट्नकै निम्ति खोलिएका हुन् ।

हाम्रो उच्चाइलाई र गौरवमाथि प्रश्न चिन्ह लगाउन बाध्य बनाउने तपाईंलाई कडा भन्दा कडा कारबाही किन नगर्ने ? तपाईं एउटाले रक्षा नेपालको नाममा गरेको कुकामलाई हामीले किन सही भन्ने ?

तपाईं गलत साबित हुँदै गर्दा, यो सावित्री सुवेदी गलत हुन सक्दिन । मैले गरेका कामलाई आफ्नो नाम आर्जनका निम्ति प्रयोग गर्ने तपाईंजस्ता भ्रष्टबाट आजैका मितिदेखि सचेत हुँदै तपाईंलाई कारबाही गराउन म बाध्य छु ।

समाज सेवाका नाममा व्यापार गर्ने यहाँ हजार व्यापारी मेनुकाहरु छन् कारबाही गरिनु पर्दछ ।

सावित्री सुवेदी
महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]