आज :

काठमाडौंमा मास्क नलगाई हिँड्नु स्वास्थ्यका लागि हानिकारक

काठमाडौं । काठमाडौंमा मास्क नलगाई हिँड्नु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञले निश्कर्ष निकालेका छन् । नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा प्रतिष्ठान (नास्ट) ले हालै गरेको अध्ययन अनुसार काठमाडौंको धुलोमा क्यान्सर गराउने, स्मरण शक्ति घटाउने धातु फेला परेको हो ।

नास्टको विज्ञान संकायका वरिष्ठ वैज्ञानिक अधिकृत डा. भोजराज पन्त नेतृत्वको टोलीले गएको जेठमा गरेको अप्रकाशित अध्ययनले धुलोमा स्वास्थ्यलाई असर गर्ने विभिन्न धातु फेला परेको निश्कर्ष निकालेको छ । प्रतिग्राम धुलोमा औसतमा तामा ६ दशमलव एक माइक्रोग्राम, फलाम चार हजार एक सय ३० माइक्रोग्राम, निकेल १० दशमलव पाँच माइक्रोग्राम, शिशा २० माइक्रोग्राम र जस्ता (जिंक) एक सय २९ माइक्रोग्राम भेटिएको डा. पन्तले जानकारी दिए । उनको टोलीले काठमाडौं रिङरोडको २७ किलोमिटर दुरीका ४० स्थानबाट नमुना संकलन गरेको थियो ।

नास्टले धुलोमा धातुको मात्रा पत्ता लगाउने उद्धेश्यले यो अध्ययन गरेको डा. पन्तका बताए। यसका लागि गत जेठमा चालिस स्थानबाट नमुना संकलन गरिएको थियो । धुलो संकलन गरिसकेपछि त्यसलाई एसिडसँग डाइजेसन गराइएको थियो । तरल पदार्थमा मिसाएपछि धुलोमा भएको धातु तत्व निस्कन्छ । धातु तत्व पहिचान गर्न एटोमेटीक एकजवसन स्पेकट्रोमिटर (एएएस) को प्रयोग गरिन्छ ।

रिङरोडका धुलो एएएसमा राखेर परिक्षण गर्दा तामा, निकेल, फला, जस्ता र शिशा फेला परेको हो । त्यस मध्ये पनि फलामको मात्रा सबैभन्दा बढी आठ हजार एक सय ३५ मिलिग्राम भेट्टिएको छ । न्यूनत्तम तामाको मात्रा प्रति ग्राम धुलोमा शून्य दशमलव ६ मिलिग्राम थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड भन्दा काठमाडौंको धुलो पाँच गुणा बढी प्रदुषित छ । संसारका दुइ सय ९० शहरमध्ये काठमाडौं सातौं वायु प्रदुषित शहर हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal