Dabali News

वीर अस्पताल सफाईको नाममा धुर्मुस र सुन्तलीको असुली धन्दा !

१७ जेठ

काठमाडौँ । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले वीर अस्पतालको सफाईको नाममा असुली धन्दा चलाएको आरोप लागेको छ । मुसहर र भूकम्प पीडितका आवास बनाएर चर्चा बटुलेका धुर्मुस र सुन्तली पछिल्लो पटक वीर अस्पताल सफाई अभियान चलाएका छन् ।

धुर्मुस र सुन्तली फाउन्डेसनले वीर अस्पतालको सफाईको नाममा मनपरी रकम असुली गरेको भेटिएपछि उनीहरुको धन्दाको पर्दाफास भएको हो । फाउन्डेसनको आधिकारिक फेसबुकमा पनि सहयोगको लागि आग्रह गरिएको छ ।

यसअघि मुसहर र भूकम्पपीडितको घर बनाउने नाममा करोडौंमध्ये ठूलो रकम हिनामिना गरेको आरोप पनि केही संचारमाध्यमहरुले लगाएका थिए । अहिले फेरिसफाईको नाममा धुर्मुस र सन्तलीले वीर अस्पतालबाट पनि रकम लिएको तर मनपरी रकम उठाइरहेका छन् ।

सरकारले सरसफाइ मात्रै भनेको तर, रङ रोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको धुर्मुसले बताएका छन् । उनले संचारमाध्यमहरुसँग प्रारम्भिक चरणमा सरसफाइ मात्र गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थ रुपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको उनले बताए ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]