Dabali News

बाल्यकालदेखि गीत-संगीतमा रस बस्योः सापकोटा

सानैदेखि गीत संगीत रुचि भएका इश्वर सापकोटा सांगीतिक बजारमा चर्चाका पात्र हुन् । उनी यो क्षेत्रमा आफ्नो सबै समय समर्पित गरेको एक दशक पुग्यो । सांगीतिक क्षेत्रको लागि यो समय धेरै होइन तरपनि सापकोटाले धेरै अनुभूति बटुल्दै सफतातिर लम्कीरहेका छन् । सिन्धुपाल्चोक चौतारा सागाचोकगडी नगरपालिका वडा नम्बर २ का सापकोटासँग अनलाइन डबलीको लागि गरिएको छोटो कुराकानी

कहिलेबाट गीत-संगीतमा लाग्नु भयो ?

२०६५ सालबाट गीत संगीतको क्षेत्रमा लागेको हुँ ।

किन लाग्नुभो ?

बाल्यकालदेखि ने असाध्यै मन पर्ने भएको कारणले गर्दा गीत संगीतमा रस बस्यो ।

अहिलेसम्म कति वटा एल्बम बजारमा आए ?

फुल्यो बेली जाइ, चाइना बोडर, सम्झे मुटु खान्छ , ढाट्यो मायाले, जल्को आउछ, तिनपाने गरी ६ ओटा एल्बम बजारमा आइसकेका छन् । केही तयारीमा छन् ।

बजारबाट कस्तो प्रतिक्रिया प्राप्त भएका छन् ?

अहिलेसम्म राम्रो खालको प्रतिक्रिया आएको छ । धेरै स्रोत र दर्शकहरुले माया गर्नु भएको छ । समय सान्दर्भिक गीत-संगीत आएको छ र जनचेतनामूलक गीतहरु भएकोले पनि होला धेरैले मन पराउनु भएको छ ।

अबको योजना के छ ?

निरन्तर रूपमा गीत संगीतलाई नै प्राथमिकता दिने र अब अर्को नयाँ गीत निकाल्ने तयारीमा नै छु ।

जीवन र गीतको नाता कस्तो हुँदो रहेछ ?

बास्तबमा जीवन र गीतको नाता अति नै नजिक हुँदोरहेछ जति पनि गीत–संगीत सिर्जना हुन्छ । त्यो जीवनको बास्तबिकतामा आधारित हुन्छ त्यसैले गीत र जीवनको नाता नजिकै रहन्छ ।

तपाईंको गीतको सन्देशहरु के मा आधारित छन् भन्ने लाग्छ ?

मेरो गीतहरु सन्देशमूलक छन् । त्योसँगै केही माया प्रेमको बारेमा छन् । साँचो माया के हो भनेर सच्चा माया प्रेमको बारेमा र बिदेशीभूमीमा पाएको दुःख कष्टलाई समेटिएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]