Dabali News

प्याकुरेल र त्रिपाठी एक थाल भातका भतुवा हुन्ः बालकृष्ण (रिहापछिको भावुक सम्बोधनको भिडियो)

१६ जेठ

काठमाडौं । माओवादी नेता बालकृष्ण ढुंगेलले मानव अधिकारवादी सुवोध प्याकुरेल र कानुन व्यवसायी दिनेश त्रिपाठी भातको लागि जे पनि गर्ने व्यक्ति भएको बताएका छन् । उनले प्याकुरेले मानव अधिकारीवादीको नाममा धेरैको अधिकार हनन् गरेको र त्रिपाठीले निर्दोषलाई अन्ययमा पारेको बताए ।

जनयुद्धकालिन मुद्दामा सर्वस्वसहित जेल सजाय भोगेर ढुंगेल मंगलबार रिहा भएपछि प्याकुरेल र त्रिपाठीविरुद्ध आक्रोस पोखेका हुन् । चाल चलन ठिक भएको कारण सरकारले गणतन्त्र दिवसको अवसरमा ढुंगेललाई रिहाई गरेको थियो ।

रिहा भएपछि पूर्व माओवादी केन्द्रका कार्यालय पेरिसडाँडास्थित सहिद स्तम्भमा उभिएर सर्मथक र शुभचिन्तकलाई सम्बोधन गरेका थिए । उनले आफ्नो यो रिहाई अन्तिम नहुन पनि सक्ने बताए । ढुंगेलले प्याकुरे र त्रिपाठीको पराजय भएको समेत बताए । “देश सङ्कटकालमा लपेटिँदै गर्दा दिनेश त्रिपाठीहरू कसका जुत्ता चाट्दै थिए ?” उनले प्रश्न गरे ।

ढुंगेलले न्यायालयको बेच्नबाट न्याय बलात्कार भएको बताँउदै भने, “म न्यायालयको बेन्चबाट न्याय बलात्कार भएको बलात्कृत पात्र हुँ । मेरो भागमा परेको गणतन्त्र अपहरणमा परेको बालकृष्ण ढुंगेल हुँ । अब अरु बालकृष्ण बन्न नपरोस कसैको पनि गणतन्त्र अपहरणमा नपरोस । म जस्तै अरु कसैको न्याय बलात्कृत नहोस ! म सर्बोच्च अदालतको बेञ्चमा बस्नुहुने सम्माननिय न्यायाधिशज्यूहरुलाई अनुरोध गर्न चाहन्छु । त्यो न्यायालयबाट जनताले न्यायको अपेक्षा गर्दछन् ।”

प्याकुरेल र त्रिपाठीले अन्तिममा आएर सत्य बोलेको भन्दै धन्यवाद दिँदै ढुंगेलले भने, “त्रिपाठी र प्याकुरेलजस्ता एक थाल भातका भतुवाहरुले पनि अन्तिममा आएर बालकृष्ण ढुंगेल योद्दा हो भनेर भने । त्यस कारणले मैले उनीहरुलाई धन्यबाद दिन चाहन्छु । सत्य ओकलिदो रहेछ । जिब्रोमा लुतो सल्किए जस्तै सकसक लाग्दो रहेछ । उहाँहरुले सक्सकाउदै सर्बोच्च अदालतमा रिट हालीदिनुभयो । त्यसकारणले आज प्रमाणित भयो ।”

सम्बोधनको क्रममा ढुंगेलले आफुले गणतन्त्र माग्दा त्यतिबेला किन मागिस् भनेर किड्नी ड्यामेज गर्ने शेरबहादुर देउवाहरू फेरि गणतन्त्र आएपछि मालिक बनेर आफुलाई गिरफ्तार गरेर जेलमा सडाउने कोसिस गरेको ढुंगेलले बताए । उनले आफ्नो ज्यान रहेसम्म गणतन्त्र अपहरण गर्न नदिने प्रतिवद्धता समेत व्यक्त गरे । “म मेरो ज्यान रहेसम्म गणतन्त्र अपहरण गर्न दिने छैन । आफ्नो कर्तव्यमा लागिरहने छु । म अहिले त्यति धेरै खुशी र धेरै निराश पनि छैन । यो एउटा सङ्घर्षको जीवन हो । यस क्रममा फेरि मेरो कारागार बाहिरको जीवन सुरु भएको छ” ढुंगेलले भने । उनले जनयुद्धमा ज्यान गुमाउने शहिदहरुले देखाएको सपना पुरा गर्न आफु लागिपर्ने ढुंगेलले बताए ।

“बालकृष्ण ढुंगेलकै जस्तो न्याय बलात्कार गरेर अपराधी कसैलाई पनि नबनाइयोस् । म सम्मान गर्छु उहाहरुको इजलासलाई, मलाइ अहिले सर्बोच्च अदालतमा मानहानिको मुद्दा छ । मैले हजारौं पटक बोले होला म बालकृष्ण ढुंगेल राजनीतिक योद्धा हु । म राजनीतिक आन्दोलनमा समाहित थिए । दश बर्षको जनयुद्धमा जति पनि घटनाहरु घटे, ति पार्टीका निर्णय अन्तर्गत घटे, यी पार्टीका कुरा हुन् मेरा कुरा हैनन् । तर नत पत्रकार मित्रहरुले ति कुराहरुलाई लेखि दिनुभयो । न न्यायाधिशहरुले मिसिल पढि दिनुभयो । न वकिल मित्रहरुले बहस गरि दिनुभयो । सबैलाई चाहिदो रहेछ एक थाल भात, त्यो पनि मिठो स्वादको ! सबैलाई चाहिँदो रहेछ एक गिलास रक्सि त्यो पनि निकै ठूलो ब्रान्डको ! मैले भात खुवाउन सकिन होला, मैले रक्सि पिलाउन सकिन होला । त्यसकारणले मेरो समाचार, समाचार बनेन्” ढुंगेलले भावुक हुँदै भने ।

सहिदहरुको रगत बेचेर खानु नपरोस् भन्दै ढुंगेलले भने, “शहिदहरुको रगत बेचेर खान नपरोस्, शहिद परिवारहरुको मझेरीमा गएर उहाँहरुका भावनामा लात हान्दै ठगेर खान नपरोस् । जबसम्म यो धर्तीमा म बालकृष्ण जीवित रहन्छु । कसैलाई ठगे भनेर मैले आत्मगलानी भएर चाही स्लिपिङ् ट्याब्लेटसंग मेरो जिन्दगी साट्न नपरोस् ।”

ढुंगेलले सम्बोधनको अन्तिमा आफू फेरि जनताको लागि लड्न तयार रहेको भन्दै त्यसको लाग आफ्ना आट र पाप जाच्ने मेसिनमा बस्न तयार रहेको बताए । “आज मुटु बिरामी जाच्ने मेसिन रहेछ, किड्नी बिरामी जाच्ने मेसिन रहेछ, तर आट जाच्ने मेसिन आएको दिन म त्यो मेसिनमा बस्न तयार छु । पाप जाच्ने मेसिन एक्सरे आयो भने म त्यो मेसिनमा बस्न पनि तयार छु । झुपडी र आगन छैन । मर्दा पोल्ने चिहान छैन । अझै हामी श्रमिकहरुको झुल्के घामको बिहान छैन । अनबरत त्यही बिहानीको निम्ति लडिरहनुहुने सम्पूर्ण आम क्रान्तिकारी जनसमुदायप्रति क्रान्तिकारी अभिबादन गर्दै म पनि तपाइहरुसंगै अनबरत लडिरहनेछु, जबसम्म यो माटोमा ज्युदो रहनेछु” उनले भने ।

भिडियो 

सुवोध प्याकुरेल र दिनेश त्रिपाठी एक थालका भतुवा हुन

सुवोध प्याकुरेल र दिनेश त्रिपाठी एक थालका भतुवा हुन

Posted by Online Dabali on Tuesday, May 29, 2018

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]