Dabali News

फिल्म शुटिङका लागि शाहरुख दोस्रो पटक अन्तरिक्षमा

१५ जेष्ठ

काठमाडौं । नयाँ फिल्म ‘जीरो’ को शुटिङका लागि बलिउड अभिनेता शाहरुख खान अमेरिकास्थित नासा मुख्यालय पुगेका छन् ।

अन्तरिक्षमा कलाइमेक्स शुटिङका लागि शाहरुख अभिनेत्री अनुष्का शर्मा र पुरै टिमसहित ४५ दिनका लागि नासा पुगेका हुन् ।

फिल्ममा नासाको रकेट र स्पेश शटल जस्ता उपकरण पनि देखाइने छ । उनले १४ वर्षपछि कुनै फिल्मको शुटिङ नासामा गरिरहेका छन् । यो भन्दा पहिले उनले सन् २००४ मा प्रदर्शन भएको फिल्म ‘स्वदेश’ को शुटिङ नासामा गरेका थिए ।

आनन्द एल रायले निर्देशन गरिरहेको फिल्मको टीजर रिलिज भइसकेको छ । आगामी २१ डिसेम्बरमा प्रदर्शनमा आउने सम्भावना रहेको फिल्मको टीजरमा शाहरुख पुड्का भुमिकामा छन् ।

फिल्ममा शाहरुख र अनुष्काका बाहेक कट्रिना कैफ, आर माधवन मुख्य भुमिकामा देखिने एजेन्सीले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]