Dabali News

पुनलाई बर्खास्त गरेर जनार्दशनलाई ऊर्जामन्त्री बनाउने ओलीको तयारी ? सचिवालय यसो भन्छ

१४ जेठ

काठमाडौं । केही दिनयता केही संचारमाध्यम र सामाजिक संजालमा ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री वर्षमान पुनलाई बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी गरेको समाचार भइरल भएको छ । समाजिक सञ्जाल प्रयोकर्ताहरुले सोही विषयमा विभिन्न टिप्पणी गरेका छन् ।
समाचारमा ऊर्जामन्त्री पुनले भारतबाट विद्युत आयत गर्दा अनियमितता गरेको बताइएको छ । स्रोतलाई उल्लेख गर्दै समाचारमा मन्त्री पुनले करोडौं अनियमितता गरेपछि प्रधामन्त्री केपी ओलीले बर्खास्त गर्ने तयारी गरेको बताइएको छ ।

पूर्व माओवादी केन्द्रको तर्फबाट ऊर्जामन्त्री भएका पुनलाई प्रधानमन्त्री ओलीले नरुचाएको पात्रको रुपमा हेरिएको छ । यसको एउटा उदाहरण, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला माथिल्लो अरुण शिलन्यासमा विभागीय मन्त्री पुनलाई कुनै जानकारी दिइएको थिएन । उक्त कार्यक्रममा पुनका अनुपस्थितिले पनि विभिन्न टिप्पणी हुँदै आएको थियो ।

मन्त्री पुनलाई प्रधानमन्त्री ओलीले कार्यक्षमता नभएको भन्दै हटाउन खोजिएको बताइएको छ । त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलाई पनि बर्खास्त गर्ने ओलीको तयारी हरेको केही दिनदेखि केही अनलाइनले समाचार लेखका छन् ।

प्रधानमन्त्री ओलीले सुरुमै तत्कालिन माओवादी केन्द्रका अर्का नेता जर्नादन शर्मालाई रुचाएको बताइएको बताइएको छ । तर, माकेको आन्तरिक मामला भएकै कारण ओली पुनलाई मान्त्री बनाउन बाध्य भएका थिए । पार्टी एकतामा पनि राम्रो भूमिका खेलेकै कारण फेरि ओलीले शर्मालाई ल्याउने पहल गरेको बताइएको छ । त्यसको लागि पुनलाई बर्खास्त गर्न लागिएको समाचारमा बताइएको छ । त्यसको लागि प्रधानमन्त्री ओलीकै योजनामा भारतबाट विजुली अायत गर्दा गरिएको अनियमिततालाई अाधार बनाइएको टिप्पणी भइरहेको छ ।

यसबारे मन्त्री पुनको सचिवालयले प्रतिक्रिया जनाएको छ । मन्त्री पुनलाई बर्खास्त गर्ने समाचारप्रति सचिवालयले आपत्ति जनाएको छ । मन्त्रीका प्रेस संयोजक रोशन खड्काले आइतबार एक विज्ञप्ति जारी गरेर सम्बन्धित पक्षको भनाइबिना आएका त्यस्ता समाचारले सम्बन्धित सञ्चार माध्यमप्रतिकै विश्वासमा आँच आउनेतर्फ सचेत गराएका छन् ।

‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूसँग जोडेर केही अनलाइन मिडियाले उर्जामन्त्री वर्षमान पुनको बारेमा लेखेको समाचारप्रति हाम्रो ध्यानआकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ । खड्काले मन्त्री पुनको चरित्र हत्या गर्ने गरी तथ्यहिन समाचार प्रकाशित गरिएको आरोप समेत लगाएका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]