आज :

झूटो विवरण पेस गर्ने ५ भारतीयको नागरिकता रद्द

काठमाडौँ । सरकारले झूटो विवरण पेस गरी नेपाली नागरिकता लिने ५ भारतीयको नागरिकता रद्द गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जीवनकुमार सिंह, धनुषाबाट धमेन्द्र ठाकुर र अजयकुमार ठाकुर, रौतहटबाट जमुना राउत भनिने यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहले नागरिकता बनाउन झूटो विवरण पेस गरेको भन्दै उनिहरुको नागरिकता रद्द गरेको हो ।

‘झूटो विवरण पेस गरी नागरिकता लिनेलाई अब कारबाही अघि बढाइने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । विवरण पूरा नगरी नागरिकता वितरण गर्नेलाई पनि कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

तराईका विभिन्न जिल्लामा भारतीय नागरिकलाई नेपाली नागरिकता दिने गरेको यो घटना पहिलो भने होइन । यसअघि पनि विभिन्न समयमा भारतीय नागरिकले लिएका नागरिकता सरकारले रद्द गर्ने गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal