Dabali News

कृष्ण सेन ‘ईच्छुक’ स्मृतिमा चार स्रष्टा पुरस्कृत (फोटोसहित)

१३ जेठ

काठमाडाै‌ । महान सहिद पत्रकार कृष्ण सेन ‘ईच्छुक’को १६औं स्मृति दिवस पारेर ईच्छुक साँस्कृतिक प्रतिष्ठानले चार जना स्रष्टालाई पुरस्कार प्रदान गरेको छ ।

काठमाडौंको घट्टेकुलोस्थित प्रतिष्ठानको आफ्नै भवनमा आयोजित कार्यक्रममा ईच्छुक स्मृति पुरस्कार चितवनका स्रष्टा प्रगितवादी साहित्यकार मोदनाथ मरहट्टा र काठमाडाै‌का पत्रकार एव‌ कवि विनोदविक्रम केसीलाई संयुक्त रुपमा प्रदान गरिएको थियो । पुरस्कृत मरहट्ट र केसीलाई जनही ५०–५० हजार नगद र सम्मानद्वारा सम्मान गरियो । यो पुरस्कारलाई मूल पुरस्कार भनिएको छ ।

त्यस्तै ईच्छुक प्रतिभा पुरस्कार साहित्यतर्फ काठमाडाै‌की प्रगतिशील लेखिका शोभा दुलाल र कलातर्फ कालिकोटकी प्रगतिवादी कलाकार फुलमाया दर्जी ‘प्रगति हिङमाङ’लाई प्रदान गरियो । स्रष्टा दुलाल र दर्जीलाई सम्मानपत्र र जनही २५–२५ हजार नगदसहित पुरस्कृत गरियो ।

पुरस्कार राशी र सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि माक्र्सवादी सौन्दर्य चिन्तक एवं नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले प्रदान गर्नुभएको थियो । कार्यक्रममा सेनको सम्झनामा गीत–संगीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा बोल्दै महासचिव किरणले देशमा जारी दलाल संसदीय व्यवस्थाले राष्ट्रियता र स्वाधीनतामाथि घात पुर्याउने काम भइरहेको भन्दै नयाँ जनवादी क्रान्ति पूरा नगरेसम्म देश र जनताले समृद्धि हासिल गर्न नसक्ने बताए । ‘एकपटक फेरि देशमा सशस्त्र क्रान्तिको खाँचो बढ्दै गएको छ । अब स्वाभिमानी जनताले चुप लागेर बस्न हुँदैन’ उनको भनाई थियो । राष्ट्रियतामाथि विदेशी हस्तक्षेप बढ्दै गइरहेको बताउँदै देश र जनताको पक्षमा समाचार लेख्न हरेक पत्रकार सधैं तयार रहनुपर्ने उनले बताए ।

कार्यक्रममा सहिद पत्रकार कृष्ण सेन ‘ईच्छुक’की धर्मपत्नी  तक्मा केसी र छोरी समीक्षाकाे उपस्थिति थियो । जनपक्षीय लेखक, साँस्कृतिकर्मी समेत रहेका पत्रकार सेनलाई जनयुद्धले उच्च रुप लिइरहेकै बेला २०५९ साल जेठ ६ गते राजधानीबाट गिरफ्तार गरी भृकुटीमण्डपस्थित तत्कालीन महेन्द्र पुलिस क्लबमा राखेर चरम यातना दिई शाही सरकारले हत्या गरिएको थियो ।

कार्यक्रम ईच्छुक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीको अध्यक्षतामा भएको थियो ।

 

 

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]