Dabali News

‘इच्छुकको सपनाहरु पूरा भएका छैनन्’

१३ जेठ

बुटवल । पत्रकार एवं जनवादी साहित्यकार कृष्ण सेन ‘इच्छुक’का सपना पूरा नभएको वक्ताहरुले बताएका छन् ।

क्रान्तिकारी पत्रकार संगठन लुम्बिनीले बुटवलमा आयोजना गरेको १६ औं स्मृर्ती दिवसका सन्दर्भमा चियापान तथा भेटघाट कार्यक्रममा बोल्ने वक्ताहरुले इच्छुकले देखाएको बाटोमा अगाडी बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका रुपन्देहीका जिल्ला इन्चार्ज शरद ओलीले कृष्ण सेनलाई सम्झनुमात्रैले इच्छुकका सपना पूरा नहुने बताए । उनले आजपनि पत्रकारहरुलाई स्वतन्त्रपूर्वक लेख्न र बोल्न नपाएको बताए । ओलीले सेनले देखाएको बाटोमा कलमजिबी लागिरहेको हुँदा सपना पूरा हुने विश्वास व्यक्त गरे ।

नेकपाका नेता तेजेन्द्र केसी, नेपाल पत्रकार महासंघका पूर्वसभापति हरी लम्साल, नेपाल पत्रकार महासंघका अध्यक्ष यानेन्द्र जिसी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य पत्रकार दिपक ज्ञवाली, प्रेस युनियनका रुपन्देहीका सभापति बिक्रम खड्का, पत्रकार महासंघका पूर्वसचिव रुद्रहरी कुँवरलगायतले कृष्ण सेन सबैको आदर्श व्यक्तित्व रहेको भन्दै उनका सपना पूरा गर्न पत्रकारहरुले आफ्नो कलमलाई जनमुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा कृष्ण सेनको स्मृर्ती गर्दै तस्वीरमा माल्यार्पण समेत गरिएको थियो । १६ औं स्मृतिमा १६ मैन प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।

कार्यक्रमका अध्यक्षता गर्दै क्रान्तिकारी पत्रकार संगठनका लुम्बिनी संयोजक प्रकाश डुम्रेले पत्रकार कृष्ण सेन सबैको साझा पत्रकार तथा आर्दश रहेको बताउँदै राज्यसत्ताले जनपक्षीय पत्रकारका कलमहरुलाई प्रतिबन्ध लगाउन नहुने धारणा राखे । कार्यक्रम पत्रकार शिव डुम्रेको सञ्चालन तथा पत्रकार खोमा तरामुको स्वागतमा सम्पन्न भएको थियो ।

२०१३ सालमा जन्मनुभएका तत्कालिन जनादेश र जनदिशा दैनिकका सम्पादक इच्छुकलाई २०५९ साल जेष्ठ ६ गते गिरफ्तार गरी १३ गते हत्या गरिएको थियो ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]