आज :

मोटरसाइकल दुर्घटनामा नेविसंघका नेता अधिकारीको निधन

चितवन । नेपाल विद्यार्थी संघका पूर्व क्षेत्रीय सभापति तिलचन्द्र अधिकारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।

चितवन साविक क्षेत्र नं.४ का पूर्व सभापति ३९ वर्षिय अधिकारीको मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा निधन भएको हो ।

उनले चलाएको ना २७ प ५३६ नं.को मोटरसाइकललाई ना ७ ख ७७१ नं.को ट्रकले ठक्कर दिएको हो । मोटरसाइकललाई नवलपुरको गैँडाकोट नगरपालिका वडा नं.२ इलाका प्रहरी कार्यालय अगाडि सोमबार राति ट्रकले ठक्कर दिएको र उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ तर चालक फरार रहेका छन् उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal