Dabali News

गोरेको ३७ पानाको बयान सकियो, साढे २ बजेदेखि सो मुद्दामा पुनः बहस सुरु

१३ जेष्ठ

काठमाडौं । गत बुधबारदेखि सुरु भएको सुन तस्करी तथा सनम हत्याकाण्डमा मुख्य अभियुक्त चूडामणी उप्रेती ‘गोरे’को बयान आज (आइतबार) सकिएको छ ।

गत मंगलबार सुन तस्करी तथा सनम हत्याबारे छानबिन गर्न बनेको समितिले गोरेलाई काठमाडौंबाट पक्राउ गरी मोरङ जिल्ला अदालतमा बुझाएको थियो ।

अदालतका कर्मचारीले उनको बयान ३७ पानामा उतारेका छन् । साढे २ बजेदेखि सो मुद्दामा पुनः बहस सुरु हुँदै छ । यसअघि भएको बहसका आधारमा अधालतले २८ जनालाई पुरपक्षका लागि थुनामा राख्न आदेश दिएको छ भने १ जना साधारण तारेखमा र अर्का एक जना धरौटीमा रिहा भएका छन् ।

आज हुने बहसको सुरूमा मोरङका जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठकले सरकारका तर्फबाट बहस गर्ने छन् । त्यसपछि गोरेका तर्फबाट अधिवक्ता यामबहादुर मगरले बहस गर्ने छन् ।

दुवै तर्फको बहस सकिएपछि न्यायाधीश नारायणप्रसाद शर्माले थुनछेकको आदेश दिने अदालत स्रोतले जनाएको छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]