आज :

आज नेकपाको नेपाल बन्द, काठमाडौँसहित देशभर सुनसान, मेयरको कार्यकक्षमा बम

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । बन्दका कारण देशभर विहानैबाट सुनसान छ । मुख्या राजमार्ग राति १२ बजेपछि बन्द छन् भने साना सडकमा विहानैबाट कुनै सावारी साधान चलेका छैनन् ।

विहान ४ बजेबाट सवारी साधन चल्ने काठमाडौँका सडक पनि सुनसान छन् । दूघ, एम्बुलेन्स, दकमलसहित प्रेसका गाडी बाहेक अरु कुनै सावरी सधान चलेका छैनन् ।

पार्टीका भोजपुर इन्चार्ज कुमार पौडेलको हत्याको विरोधमा नेकपाले आज एक दिन नेपाल बन्दका आह्वान गरेको थियो ।
बन्दको पूर्वसन्ध्यामा नेकपाका कार्यकर्ताले सोमबार साँझ देशका विभिन्न स्थानहरुमा मशाल जुलुस बालेका छन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजिनामा समेत मागेका छन् ।

बझाङ, झापासहित विभिन्न स्थानहरुमा बम भेटिएका छन् । बन्दको पूर्वसन्ध्यामा झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाकाे कार्यालयभित्र एउटा झाेलामा शंकास्पद वस्तु भेटिएकाे छ ।

प्रहरीका अनुसार नगरपालिकाका मेयरकाे कार्य कक्ष चढ्ने सिढीकाे तल कालाे व्याग जस्तो शंकास्पद वस्तु फेला परेकाे थियो  ।

यसैगरी बझाङकाे जयपृथ्वी नगरपालिका वडा नं. ३ राजकाेट पाण्डु पडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ ।

वड नं. ३ को कार्यालयको गेटमा बम फेला परेको र घटनास्थलमा अहिले सुरक्षाकर्मी परिचालन नभएको एक स्रोतले बताए । राति १२ बजेसम्म प्रहरी घटनास्थलमा पुगेको थिएन ।

  • फाइल तस्वीर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal