आज :

साताको शेयर बजार : १ अर्ब ९१ करोडको कारोवार

काठमाडौं । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो ।

शुरुका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिमतिर उकालो लाग्ने सङ्केत गर्यो । यद्यपी कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७४ कम्पनीका ६४ लाख ३० हजार ८४ कित्ता शेयर १ अर्ब ९१ करोड ४९ लाख ७५ हजार ११२ मूल्यमा खरीद बिक्री भयो । गत बिहीबार अर्थात जेठ ३० गते १ हजार २६९.५५ बिन्दुमा पुगेर कारोवार बन्द भएको नेप्से यस साताको शुरुको दिन अर्थात असार १ गते आइतबार ११.३६ बिन्दुले घटेर १ हजार २५८.२७ मा झर्यो ।

कूल १७४ कम्पनीका १४ लाख ७३ हजार ८०८ कित्ता शेयर ४७ करोड २५ लाख २० हजार ८११ मा खरीद बिक्री भए । यस्तै निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक सोमबार भने सामान्य सुधार देखियो । सो दिन नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई १ हजार २६०.९० अंकमा पुग्यो ।

कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर ४० करोड ३५ लाख ३८ हजार १४७ मा खरीद बिक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकोमा आज ३ उपसमूहको शेयर घटेको छ भने ८ उपसमूहको शेयर बढेको छ ।

मङ्गलबार भने कारोवार मापक नेप्से परिसूचक पुन : ओरालो लाग्यो । सो दिन परिसूचक २.२३ बिन्दुले घटेर एक हजार २५६.६६ बिन्दुमा पुग्यो । घटेको बजारमा कारोवार रकममा पनि गिरावट आयो । कूल १७७ कम्पनीका १२ लाख २६ हजार ६८६ कित्ता शेयर रु ३५ करोड ९४ लाख ११ हजार ३०५ मूल्यमा कारोवार भयो ।

स्टकका अनुसार कारोवार भएका ११ उपसमूहमध्ये ३ उपसमूहको मात्रै शेयरमा वृद्धि भयो । साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक बुधबार पुन : ओरालो लाग्यो ।

परिसूचक ०.२० बिन्दुले घटेर १ हजार २५८.४६ अंकमा पुग्यो । टकका अनुसार आज १६९ कम्पनीका ९ लाख ८० हजार ९१९ कित्ता शेयर ३० करोड ४१ लाख ८९ हजार ६४५ मा खरीद बिक्री भए । साताको अन्तिम दिन भने परिसूचक उकालो लागि बन्द भयो ।

सो दिन परिसूचक ५.९० अंकले बढेर १ हजार २६४.३६ बिन्दुमा पुग्यो । परिसूचक उकालो लागेपनि कारोवार रकम भने सस्तैमा समेटियो । कूल १७१ कम्पनीका १३ लाख ७५ हजार ५४१ कित्ता शेयर ३७ करोड ५३ लाख १५ हजार २०४ मा खरीद बिक्री भयो ।

३ कम्पनीका शेयर सूचीकृत भएका छन् । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । मिथिला लघुवित्त वित्तीय संस्थाका ३ लाख २९ हजार ८८९ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । स्टकमा जेविल्स फाइनान्स लिमिटेडका ३ लाख ४० हजार ९५५ कित्ता हकप्रद र ३ लाख ८९ हजार २८१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal