Dabali News

कर्णालीका मुख्यमन्त्रीले सचिवालयमा काँग्रेस कार्यकर्ता भित्र्याएपछि …

११ जेठ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालयमा नेपाली काँग्रेसका कार्यकर्तालाई भित्र्याएका छन् ।

तत्कालिन माओवादी केन्द्रबाट मुख्यमन्त्री भएका शाहीले आफू खुशी काँग्रेस कार्यकर्तालाई सचिवालयमा भित्र्याएपछि तीब्र असन्तुष्टि बढेको छ । मुख्यमन्त्री शाहीले कालिकोटका काँग्रेस कार्यकर्ता तथा प्रेस युनियनका कालिकोट जिल्ला सदस्य रत्नबहादुर कार्कीलाई सचिवालयमा ल्याएका हुन् । कार्कीलाई फोटो ग्राफरसँगै गोप्य रुपमा महत्वपूर्ण जिम्मेवारी दिएको सचिवालय स्रोतले बताएको छ ।

मुख्यमन्त्री शाहीका गोप्य भेटघाटको व्यस्थापन कार्कीले गरेका छन् । फोटोग्राफरको रुपमा कार्की रुपमा गोप्य भेटघाटमा पनि बस्ने गरेका छन् । कार्कीलाई सचिवालयमा भित्र्याएसँगै प्रेस सेन्टरका नेताहरु रुष्ट बनेका छन् । सचिवालयकै सदस्यहरुले मुख्यमन्त्री शाही र कार्कीको सम्बन्धमाथि नै प्रश्न खडा गरेका छन् । मुख्यमन्त्री शाहीले कार्कीलाई काखी च्यापेकै कारण उनको दादागिरी बढेको सचिवालयका एक सदस्यले अनलाइन डबलीसँग बताए ।

कार्कीले मुख्यमन्त्री शाहीका काम कारवाहीको गोप्य सूचना नेपाली काँग्रेसका नेताहरुलाई दिँदै आएको सचिवालयका एक सदस्यले बताए ।

प्रेस सेन्टरको सिफारिसमा मुख्यमन्त्रीको संयोजकको रुपमा ध्रुब बुढाथोकीलाई लगिएपनि कार्कीलाई शाहीलाई नजिकबाट परिचलान गरिरहेका छन् । कार्कीले कालिकोटलगायतका जिल्लाहरुमा जाँदा प्रमुख प्रेस सल्लाहकारको रुपमा आसन ग्रहण गर्दै आएका छन् ।

कार्कीले नेपाली काँग्रेस र प्रेस युनियनका सदस्यता नविकरण गर्दै आएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि पनि पार्टीका नेताहरुले कार्कीलाई सचिवालयमा ल्याएकोमा आपत्ति जनाएका छन् तर मख्यमन्त्री शाहीले भने सुने नसुनेकै गरिरहेका छन् ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]