आज :

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक जना घाइते

कावासोती । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुर्घटनामा परी एक घाइते भएका छन् ।

गैँडाकोट-१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु १ ख ८३२६ नं.को बसले ना ३३ प ८७६३ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार-३ का ५२ वर्षिय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक बुलिङटार–३ का ३७ वर्षिय विष्णु निर्मल गिरी घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते गिरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal