Dabali News

ऋतिकसँग दिशाको रोमान्स

८ जेष्ठ

काठमाडौं । क्रिकेटर महेन्द्रसिंह धोनीको गर्लफ्रेन्डको रुपमा २ वर्षअघि दिशा पटानीले बलिउडमा अभिनय यात्रा सुरु गरेकी थिइन् ।

धोनीको जीवनीमा बनेको ‘एम.एस. धोनी’ दिशाको बलिउडमा डेब्यु फिल्म थियो । जहाँ उनी धोनी बनेका सुशान्तसिंह राजपुतसँग रोमान्स गरिन् ।

तर दोस्रो फिल्म ‘कुङफू योगा’मा हलिउड स्टार ज्याकी च्यानसँग स्क्रिन सेयर गरेकी दिशाको त्यो फिल्मले खासै कमाल गर्न सकेन । प्रेमी टाइगर श्राफसँग जोडी बाँधेको ‘बागी २’ले बक्स अफिसमा पैसा बर्सायो ।

योसँगै टाइगर, खान र ऋतिक रोशनपछि भरपर्दा स्टारको रुपमा अगाडि आए भने दिशाले पनि एकपछि अर्को ठूला ब्यानरका फिल्ममा हात पारिरहिन् ।

दिशाले केही दिनअघि मात्र अलि अब्बास जफरको निर्देशनमा बन्न लागेको फिल्म ‘भारत’मा सलमान खान र प्रियंका चोपडासँगै फिल्म साइन गरेकी छिन्।

यो खबरसँगै दिशालाई यतिबेला रोहित धवनले निर्देशन गर्ने फिल्मका लागि पनि प्रस्ताव गरिएको चर्चा छ । फिल्मका लागि ऋतिक रोशन पहिले नै तय भएको निर्माण टिमले जनाएको छ । साजिद नाडियावालाले निर्माण गर्न लागेका फिल्मको सुटिङ सन् २०१९ मा सुरु हुने छ ।

Ad
Ad
Ad

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम निरन्तर चलिरहेको छ ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सबैका सन्तुलित विचार हाम्रो अनलाइनको प्राथमिकतामा पर्छन् ।

डबली मिडिया प्रा.लि. द्वारा संचालित 

अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल

सम्पादकः धनन्‍जय बुढा

संवाददाताः जगतबहादुर विष्ट

दर्ता नं. १५४/०७३-७४

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone
01-4771244
Email
[email protected]
[email protected]