आज :

पुर्व शिक्षामन्त्री एवम् (नेकपा)का नेता पौडेलको मृत्यु

काठमाडौं । पूर्व शिक्षामन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य डिआर पौडेलको मृत्यु भएको छ । शुक्रबार बिहान हृदयघातका कारण पौडेलको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

माडीस्थित आफ्नै घरमा बिहान पौने ६ बजे हृदयघात भएर ढलेका पौडेललाई बगौडा अस्पताल पुर्‍याइयो । तर, त्यतिबेलासम्म उनी प्राणहीन बनिसकेका थिए । माडी नगरपालिका–५ मा पौडेलको घर निर्माणाधिन छ । घर ढलानका लागि उनी ५–६ दिन अगाडि माडी गएका थिए ।

नेकपा नेता पौडेल यसअघिको सरकारमा शिक्षा मन्त्री थिए । राजनीतिक वृत्तमा बौद्धिक नेताको छवि बनाएका पौडेल प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षा मन्त्री थिए । पौडेल हाल नेकपाको केन्द्रीय सदस्यको भूमिकामा थिए । पौडेलका दुई छोरी छन् । उनकी पत्नी गंगा बेल्वासे पनि नेकपाकी केन्द्रीय सदस्य हुन् ।

पौडेलको शव अहिले अस्पतालमा राखिएको छ । उनलाई श्रद्धाञ्जली दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा गृहमन्त्री रामबहादुर थापा बादल चितवन जादैछन् । उनको असामयिक निधनप्रति उनका आफन्त तथा शुभचिन्तक एवम उनी आवद्ध पार्टीका नेता कार्यकर्ताले श्रद्धाञ्जली ब्यक्त गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal